अर्थ

सुनको मूल्य बढ्यो

आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको हो।

आज छापावाल सुन तोलाको एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार उक्त सुन तोलाको एक लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुन तोलाको एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: २३ जेष्ठ २०८० ०५:५४ मंगलबार

सुनको मूल्य बढ्यो