अर्थ

नेपाल वनस्पति घ्यु तेल उत्पादक संघको अध्यक्षमा दुगड

नेपाल वनस्पति घ्यु तेल उत्पादक संघको अध्यक्षमा विकास दुगड निर्विरोध निर्वाचित भएका छन्। गत आइतबार सम्पन्न भएको विशेष साधारणसभाले दुगडलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो।

यस्तै नवनिर्वाचित अध्यक्ष दुगडको अध्यक्षतामा १३ सदस्यीय नयाँकार्य समिति सर्वसम्मत रूपमा निर्वाचित भएको हो। जसमा निवर्तमान अध्यक्ष सन्दिपकुमार अग्रवाल, उपाध्यक्ष रतनलाल केडिया, र अमितमोर, महासचिवमा निखिल चाचानलगायत रहेका छन्। साथै उक्त विशेष साधारणसभाले बजेटमा बढाइएको भन्सार दरलाई तत्काल सच्याएर साबिक बमोजिम कै कायम गर्न सरोकारवाला निकायमा माग गरेको छ। 

प्रकाशित: २३ जेष्ठ २०८० ०२:५८ मंगलबार

नेपाल वनस्पति घ्यु तेल उत्पादक संघको अध्यक्षमा दुगड