अर्थ

नेसनल लाइफको ३५ औं वार्षिक साधारणसभा सम्पन्न

नेसनल लाइफ कम्पनीको ३५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा उक्त साधारणसभा सम्पन्न भएको हो।  

अध्यक्ष सिंहले कोभिड पश्चात् विश्व अर्थतन्त्र विस्तारै लयमा फर्कने संकेत भइरहेकोमा विश्व अर्थतन्त्रमा चुनौती थपिएको र हाम्रो देशको सन्दर्भमा विशेष गरी तरलताको संकटले बिमा व्यवसाय चुनौतिपूर्ण भए पनि नियामक निकायले अघिसारेका कदमहरूका कारणले आव २०७८-०७९ मा बिमाको पहुँचमा उल्लेखनीय वृद्धि भएको बताए। उनले नेपाल सरकार र नियामक निकायको सहयोगात्मक नीतिका कारणले गर्दा बिमा बजार आउने दिनमा थप फस्टाउने आशा व्यक्त गरे।

वार्षिक साधारणसभाले आव २०७८-०७९ को लागि अद्यावधिक चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर जारी गर्ने र सो वोनस सेयर बापतको कर प्रयोजनको लागि १ करोड ९५ लाख ३८ हजार रूपैयाँ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ। उक्त लाभांशको अतिरिक्त चुक्ता पुँजीमा ६.५ प्रतिशतको दरले थप नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित भएको कम्पनीले जनाएको छ। 

प्रकाशित: २३ जेष्ठ २०८० ०२:५५ मंगलबार

नेसनल लाइफको ३५ औं वार्षिक साधारणसभा सम्पन्न