अर्थ

मध्यवानेश्वरमा सामसङको नयाँ सर्भिस सेन्टर सञ्चालनमा

सामसङले हालै मध्यवानेश्वरमा अर्को एक नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।

सेन्टरको उद्घाटन समारोहमा सामसङ नेपालका प्रबन्ध निर्देशक सुङ जुनपार्क,निर्देशक प्रणय रत्न स्थापित, सर्भिस हेड राजन भट्टराई, आइएमएसका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डिकेश मलहोत्रा र आइएमएसका सेल्स हेड कैलाश अइयर को समेत उपस्थिती रहेको थियो। सो सर्भिस सेन्टर सामसङद्वारा नेपालमा खोलिएको २१ औँ सर्भिस सेन्टर हो। 

बिक्री पछिको गुणस्तर सेवा लगायत ग्राहकहरूको लागि निरन्तर रूपमा ग्राहक–मुखी सेवा प्रदान गर्ने उद्देश्यका साथ हालसम्मै सामसङले काठमाडौँ उपत्यकाभित्र ५ ओटा र उपत्यका बाहिर १५ ओटा सर्भिस सेन्टर गरी २० ओटा स्थानहरूमा पहिलेदेखि नै आफ्नो सेवा प्रदान गर्दै आइरहेको थियो।  

प्रकाशित: २२ जेष्ठ २०८० १२:१८ सोमबार

सामसङ