अर्थ

एभरेष्ट म्याराथनका विजेतालाई सम्मान

सिप्रदी कम्पनिजको सामाजिक उत्तरदायित्व संस्था सिप्रदीयन सहायता संस्थाले तेञ्जिङ हिलारी एभरेष्ट म्याराथन–२०२३ का विजेताहरू धाविका मञ्जु रावत र धावक दलबहादुर कुँवरलाई सम्मान स्वरूप नगद पुरस्कार हस्तान्तरण गरेको छ।

म्याराथनमा महिलातर्फ प्रथम हुन सफल भएकी धाविका मञ्जु रावतलाई सम्मानस्वरूप ७५ हजार रूपैयाँ प्रदान गरिएको थियो भने पुरुषतर्फ दोस्रो स्थान प्राप्त गर्न सफल भएका दलबहादुर कुँवरलाई ५० हजार रूपैयाँ प्रदान गरिएको थियो।

कार्यक्रममा सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्ष राजनबावु श्रेष्ठ, महासचिव राजेशप्रसाद गिरी र कोषाध्यक्ष सौरभ राज थपलियाले विजेताहरूलाई बधाई दिदै नगद पुरस्कार प्रदान गरेका थिए।

प्रकाशित: २१ जेष्ठ २०८० ०२:४० आइतबार

एभरेष्ट म्याराथनका विजेतालाई सम्मान नगद पुरस्कार प्रदान