अर्थ

हिमालय एयरलाइन्सले ल्यायो तेस्रो विमान, अप्रिलबाट उडान थाल्ने

काठमाडौं– हिमालय एयरलाइन्सले तेस्रो नयाँ विमान ए–३२० नेपाल अवतरण गराएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शुक्रबार १० बजे उक्त विमान अवतरण गराएको हो। नाइनएन–एएलडब्ल्यु रजिष्ट्रशन नम्बरको उक्त विमान जर्मनीको हैम्बर्गबाट ल्याइएकाे हाे ।

उक्त विमान अवतरण हुनासाथ पानीको फोहराद्वारा स्वागत गरिएको थियो । योसँगै हिमालय एयरलाइन्ससँग एयरबस ए–३२० सिरिजका जहाजको संख्या ३ ओटा पुगेको कम्पनीले जनाएको छ।

आफ्नो व्यावसायिक उडानको पहिलो वर्षमै तीनवटा ए–३२० सिरिजकाजहाजहरु भित्राउनु वास्तवमा नेपाली निजी एयरलाइन्स कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको कम्पनीले जनाएको छ ।

जहाजको स्वागतमा आयोजना गरेको विशेष कार्यक्रममा कम्पनीका प्रशासन–उपाध्यक्ष विजय श्रेष्ठले २०१७ सालहिमालय एयरलाइन्सको लागि उपलब्धिमूलक बनेको बताए ।

कुल १५८ सिट क्षमता रहेकोे ए३२०–२१४ सिरिजको उक्त नयाँ विमानकाे सिट संंरचनाको हिसाबले दुई वर्गमा विभाजन गरिएको छ, जसमध्ये ८ वटा सिट बिजनेस क्लासको लागि छुट्याइएको छ भने बाँकी १५० वटासिट इकोनोमी क्लासको रहेको छ उनले बताए ।

उक्त विमानले अप्रिल २०१७ बाट साउदी अरबको दमाम, दुबई, हङकङ, दिल्ली, चेन्नाई, बैंकक, बेइजिङ, जस्ता नयाँ क्षेत्रहरुमा सेवाको सुरुवातका साथै हाल उडान सञ्चालन भइरहेका क्षेत्रहरुमा पनि सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित: १८ चैत्र २०७३ ११:११ शुक्रबार

हिमालय एयरलाइन्सले ल्यायो तेस्रो विमान अप्रिलबाट उडान थाल्ने