अर्थ

सुनको मुल्य तोलामै २ हजार ४ सय रूपैयाँले बढ्यो

आज सुनको मुल्य तोलामै २ हजार ४ सय रुपियाँले बढेको छ। सोमबार स्थिर रहेको सुनको मुल्य आज २ हजार ४ सय रुपैयाँले बढेको हो। आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार चाँदीको मुल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: १६ जेष्ठ २०८० ०७:१४ मंगलबार

सुनको मुल्य तोलामै २ हजार ४ सय रूपैयाँले बढ्यो