अर्थ

अब ४ महिनामा कर विवरण बुझाउनु पर्ने

सरकारले अब चार महिनामा कर बुझाउने व्यवस्था गरेको छ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले करदाताले अब चार महिनामा कर बुझाउने व्यवस्था गरिएको बताएका हुन्।

यसअघि करदाताले हरेक महिना कर र सोको विवरण पेस गर्ने व्यवस्था रहेको थियो।

यस्तै उनले वार्षिक २५ करोडभन्दा बढी कारोबार गर्ने करदातालाई केन्द्रीय विजक अनुगमन प्रणालीमा आवद्ध गरिने बताएका छन्।

प्रकाशित: १५ जेष्ठ २०८० १३:४० सोमबार

कर