अर्थ

यस वर्षको बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रूपैयाँ

यस वर्ष  १७ खर्ब ५१ अर्ब ३१ करोड  रुपैयाँको बजेट ल्याएको छ। जसमा चालु तर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड रूपैयाँ र पुँजीगत तर्फ ३ खर्ब २ अर्ब ४ करोड रूपैयाँ  छुट्टयाइएको छ। त्यस्तै वित्तिय व्यवस्थापनमा ३ खर्ब ७ अर्ब छुट्टयाइएको छ।

अर्थमन्त्री डां प्रकाशशरण महतले सोमबार संसद्मा सो रकमको बजेट प्रस्तुत गरेका हुन्। सरकारले खर्च कटौतीको योजनासहित बजेट ल्याएको बताएको छ । सरकारले चालु आर्थिक वर्ष २०७९/८० को भन्दा कम बजेट ल्याएको छ ।

सरकारले विनियोजित बजेटको स्रोत व्यवस्थापन गर्न आगामी आर्थिक वर्षमा राजस्व १२ खर्ब ४८ अर्ब ६२ करोड संकलन गर्ने लक्ष्य लिएको छ। त्यस्तै वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड स्रोत व्यवस्थापन गर्ने अर्थमन्त्री महतले बताए।

यस्तै वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ६५ करोड र आन्तरिक ऋणबाट २ खर्ब ४० अर्ब स्रोत व्यवस्थापन गर्ने  अर्थमन्त्री महतले बताए।

यसअघि आर्थिक बर्ष ०७९÷८० मा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैया बजेट ल्याइएको थियो । त्यसमध्ये चालु तर्फ ७ खर्ब ५३ अर्ब ४० करोड, पुजीँगत तर्फ ३ खर्ब ८० अर्ब ३८ करोड र वित्तिय व्यवस्थापन तर्फ २ खर्ब ३० अर्ब २२ करोड रुपैया छुट्टाइएको थियो। वित्तिय हस्तान्तरण तर्फ ४ खर्ब २९ अर्ब ८३ करोड रुपैया छुट्टाइएको थियो । 

प्रकाशित: १५ जेष्ठ २०८० १३:२१ सोमबार

यस वर्षको बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड