अर्थ

चोभारमा फलफुल र तरकारी बजार बनाइने

सरकारले चोभारमा फलफुल र तरकारी बजार बनाउने भएको छ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले चोभारमा फलफुल र तरकारी बजार बनाउने घोषणा गरेका हुन्।

त्यस्तै सरकारले राष्ट्रपति उत्कृष्ट किसान पुरस्कारको पनि व्यवस्था गरेको महतले बताएका छन्।

प्रकाशित: १५ जेष्ठ २०८० ११:३२ सोमबार

डा प्रकाशशरण महत