अर्थ

हेटौँडामा मिटरब्याजीविरुद्ध साठी उजुरी

फाईल तस्बिर

मकवानपुरस्थित जिल्ला प्रशासन कार्यालय हेटौँडामा मिटरब्याजविरुद्ध ६०  उजुरी परेका छन्। सरकारले वैशाख १६ गतेदेखि मिटरब्याजविरुद्ध उजुरी दिने आह्वान गरेपछि ६० मिटरब्याजी पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन्।

कार्यालयका सहायक प्रजिअ नेत्रप्रसाद शर्माका अनुसार हेटौँडा उपमहानगरपालिकाबाट २६, मकवानपुरगढी गाउँपालिकाबाट ६, भीमफेदीबाट १२, कैलाश गाउँपालिकाबाट ३, इन्द्रसरोवर गाउँपालिकाबाट ३ र जिल्लासँग सम्बन्धित काठमाडौँबाट २ र ललितपुरबाट  १ जनाको उजुरी परेको छ।

‘मिटरब्याजको धन्दा सञ्चालन गर्ने समूहबाट पीडित भएको भन्दै सर्वसाधारणले उजुरी गरेका छन्’, उनले भने। उजुरी दर्ता गर्ने समय यही जेठ १४ गते सम्म तोकिएको छ। उजुरी दर्ता अवधि सकिएपछि दुवै पक्षलाई बोलाएर छलफल सुरु गरिने जिल्ला प्रशासन कार्यालयको मुद्दा दर्ता शाखाले जनाएको छ। 

प्रकाशित: १३ जेष्ठ २०८० ११:२८ शनिबार

हेटौँडामा मिटरब्याजीविरुद्ध साठी उजुरी