अर्थ

राष्ट्रिय वाणिज्य बैंकद्वारा खेलाडी तथा अफिसियललाई सम्मान

राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा टिम अफिसियलहरूलाई एक कार्यक्रमको बीच सम्मान गरेको छ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको योगदानको उच्च सम्मानार्थ तथा अझै उच्च सफलता हासिल गर्न उत्प्रेरणा प्रदान गर्नका लागि बैंकले राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा टिम अफिसियलहरूलाई सम्मान गरेको हो।

बैंकले हालै सम्पन्न एसीसी प्रिमियर कप-२०२३ को विजेता भएको राष्ट्रिय क्रिकेट टिमका १८ जना खेलाडीहरूलाई जनही एक लाख रूपैयाँ र ८ जना टिम अफिसिलयलहरूलाई जनही ५० हजार रूपैयाँ नगद प्रदान गरेको हो। नेपालले हालै सम्पन्न डिभिजन २ को प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी विश्वकप छनौट खेलमा सहभागी हुने अवसर पाएको तथा अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेल्ने मान्यता कायम राख्न सफल भएको छ।

बैंक सञ्चालक समितिका अध्यक्ष एवं प्रमुख अतिथि डा. बलराम पाठकले खेलाडी तथा टीम अफिसिलयहरूलाई सम्मान गर्दै नेपाललाई विश्वमा चिनाउने क्षेत्रमा क्रिकेट पनि थपिएको बताउँदै आगामी दिनमा पनि सहयोग गर्न सकिने बताएका छन्।

क्रिकेट एशोसिएसन अफ नेपाल(क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले अन्तर्राष्ट्रिय रूपमा नेपालको नाम क्रिकेटले चिनाएको बताउँदै बैंकको सहयोगले आगामी दिनमा अगाडि बढ्न हौसला पुगेको बताए।

यस्तै राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले देशको लागि खेल्ने हामी सबैको सपना भएको र त्यो सपना पूरा गर्न पाएकोमा खुशी लागेको बताएका छन्।

प्रकाशित: ११ जेष्ठ २०८० ०२:३९ बिहीबार

राष्ट्रिय वाणिज्य बैंक नेपाली राष्ट्रिय क्रिकेट टोली