अर्थ

एनआइसीमा केवाइसी विवरण भिडियो कलमार्फत

एनआई सी एसिया बैंकले आफ्ना ग्राहकको लागि ल्याएको भिडियो केवाइसी सेवाअन्तर्गत अनलाइन भिडियो कल गरी केवाइसी विवरण अद्यावधिक, खाता सुचारु, बचत खाताको स्किम परिवर्तन, हस्ताक्षर अद्यावधिक तथा मोबाइल नम्बर वा इमेल ठेगाना अद्यावधिक गर्न सकिने सुविधा ल्याएको छ।

अनलाइन खाता खोल्ने ग्राहकहरूको लागि भिडियो कलबाटै केवाइसी विवरण अद्यावधिक गर्न सकिने सेवा यसअघि नै सुरुआत गरिसकेको बैंकले अब थप पाँच वटा सेवा समेत यस प्रणालीमा जोडेको हो।

घर वा अफिसबाटै लिन सकिने यी पाँच नवीन सेवाहरू बैंकको वेबसाइटमा रहेको एप्लाइ ‘नाउ’मा ट्याब गरी भिडियो केवाइसीबाट उल्लेखित सेवाहरू मध्ये ग्राहकहरूले इच्छाएको सेवा छनौट गरी बैंकलाई अनुरोध गर्न सक्ने र ग्राहकले दिएको अनुकूल समयमा बैंकले सम्बन्धित ग्राहकलाई सम्पर्क गरी सेवा दिने व्यवस्था मिलाएको जनाएको छ।  

प्रकाशित: १० जेष्ठ २०८० ०२:४७ बुधबार

एनआई सी एसिया बैंक भिडियो केवाइसी सेवा केवाइसी विवरण अद्यावधिक