अर्थ

बैंक तथा वित्तीय संस्था कारबाहीमा

नेपाल राष्ट्र बैंकले चार वटा डेभलपमेन्ट बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ।

बैंकअन्तरगतको वित्तीय संस्था सुपरीवेक्षण विभागले गैरस्थलगत सुपरीवेक्षणको आधारमा ती बैंक तथा वित्तीय संस्थालाई कारबाही स्वरूप नगद जरिवाना गरिएको जनाएको छ।  

नियम विपरीत काम गरेको भन्दै केन्द्रीय बैंकले कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक र मल्टिपर्पस फाइनान्सलाई कम्पनीलाई कारबाहीस्वरुप नगद जरिवाना गरेको हो।  

कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेको भन्दै कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकलाई पाँचौँ पटक र सालपा विकास बैंकलाई प्रथम पटक कारबाही गरिएको छ।  

यस्तै, अनिवार्य नगद मौज्दात अनुपात (सीआरआर) कायम नगरेको भन्दै नारायणी डेभपलपेन्ट बैंकलाई पहिलो, दोस्रो र तेस्रो पटक कारबाही गरिएको छ।  

राष्ट्र बैंकका अनुसार कर्पोरेट डेभलपमेन्ट बैंकलाई एक लाख ९६ हजार २६५.३०, सालपा विकास बैंकलाई एक लाख १० हजार ६६२.२६, नारायणी डेभलपमेन्ट बैंकलाई दुई लाख ५१ हजार ३२४.७३ र सप्तकोशी डेभलपमेन्ट बैंकलाई १९ लाख ३६ हजार ६३५.५७ रुपैया नगद जरिवाना गरेको हो।  

यस्तै, नारायणी डेभलपमेन्ट बैंकलाई पहिलो पटक तीन हजार ९४८.५३, दोस्रो पटक ६३ हजार ७८२.७८ र तेस्रो पटक एक एक लाख आठ हजार ७७०.२१ रुपैया जरिवाना गरेको राष्ट्र बैंकले जनाएको छ।  

यस्तैगरी चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा मल्टिपर्पस फाइनान्सलाई अनिवार्य नगद मौज्दात अनुपात नपु¥याएको भन्दै  दुई हजार ७०१.०३ रुपैया जरिवाना गरिएको छ।

प्रकाशित: ८ जेष्ठ २०८० १२:५५ सोमबार

बैंक तथा वित्तीय संस्थालाई कारबाही कर्पोरेट डेभलपमेन्ट बैंक सालपा विकास बैंक नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक र मल्टिपर्पस फाइनान्सलाई कम्पनी नेपाल राष्ट्र बैंक