अर्थ

थ्रिल वाटर र फन पार्क सञ्चालनमा

चाचान समुहले परवानीपुरमा सन्चालनमा ल्याएको थ्रिल वाटर र फन पार्क।

औद्योगिक घराना चाचान समूहले थ्रिल वाटर र फन पार्क सञ्चालनमा ल्याएको छ।वीरगन्जसँग सीमाना जोडिएको बाराको परवानीपुर–४ लिपनीमालमा १५ करोडको लागतमा चाचान समूहले  थ्रिल वाटर र फन पार्क सञ्चालनमा ल्याएका हो।

चर्को गर्मी बीच पानीका फोहरा र स्वीमिङ पुलमा रमाउन चाहनेका लागि वाटर पार्क र बालबालिका तथा युवाहरूको लागि इन्टरटेनिङ जोनको रूपमा फन पार्क सञ्चालनमा ल्याइएको चाचान समूहका अध्यक्ष बाबुलाल चाचानले बताएका छन्।पहिला उद्योग र ट्रेडिङ्गमा मात्रै लगानी रहेकोले त्यस भन्दा बाहेक पहिलो चोटी मनोरञ्जन क्षेत्रमा पनि लगानी बिस्तार गरिएको चाचानले बताए।

चाचान समुहले चाचान इम्पेक्स, मनोज ईन्टरनेशनल, नारायणी सिमेन्ट, नारायणी लेदर, नारायणी मोर्डन, नारायणी आयल, आदर्शन लगाएतका दर्जन भन्दा बढी उद्योग र ट्रेडिङ्गमा लगानी छ।उद्योग र ट्रेडिङ्गमा सफलता पाएका चाचान समुहले मनोरञ्जन क्षेत्रमा समेत सफलता पाउनको लागि थ्रिल वाटर र फन पार्कलाई सञ्चालनमा  ल्याएको अध्यक्ष चाचानले बताए।

मदेश प्रदेश मै पहिलो चोटी १५ करोडको लागतमा थ्रिल वाटर र फन पार्क सञ्चालनमा ल्याइएको थ्रिल वाटर र फन पार्कका सन्चालक  निखिल चाचानले बताएका छन्।वीरगंज–पथलैया सडक खण्ड छेउमै सञ्चालनमा ल्याइएको वाटर पार्कमा ७ करोड ५० लाख  र फन पार्कमा ७ करोड ५० लाख लगानी गरिएको उनले बताए।

‘वाटर पार्कमा स्वीमिङ पुल, पानीको फोहोराले मसाज गर्ने ज्याक उ पुल, समुन्द्रको जस्तो छाल आउने वेभ पुल, रेन डान्स, ‘ट्याप डूर स्लाइड’ का साथै रेष्टुरेन्ट पनि सञ्चालनमा ल्याइएको चाचानले बताए।फन पार्कमा टेंमप्लिङ पार्क, रूफ कोर्स, जिप लाइन, जिप साइक्लिङ, ३६० डिग्री साइक्लिङ, बुल कार्टिङ, ह्युमेन जैरो, सुटिङ, क्रिकेट, जम्पिङलगायत २०० वटा खेल खेलेर मनोरञ्जन गर्न सकिने प्रबन्ध मिलाइएको उनले बताए।

बिहान ९ बजेदेखि राति ९ बजेसम्म सञ्चालनमा रहने वाटर पार्क र फन पार्कमा सय रुपैयाँ देखि ८ सय रूपैयाँसम्मको गतिविधिहरूको लागि शुल्क निर्धारण गरिएको बताइएको छ।फन पार्कमा सय जनाभन्दा बढीले एकै साथ सेवा लिन सक्ने व्यवस्था गरिएको सन्चालक चाचानले बताए।३ विघा १० कट्ठा क्षेत्रफलमा फैलिएको फन पार्क र वाटर पार्कमा शनिबारको दिन ८ सय जनाको हाराहारीमा सेवा लिन आउन गरेका छन भने अन्य दिनमा एक सय ५० जना भन्दा बढीको संख्यामा सेवा लिन आउन गरेको उनले बताए।

वीरगन्ज बजार क्षेत्र भन्दा परवानीपुरमा नै किन थ्रिल वाटर र फन पार्कलाई सञ्चालनमा ल्याइएको प्रश्नमा सन्चालन चाचानले थ्रिल वाटर र फन पार्कलाई सञ्चालनमा ल्याइएको स्थान वीरगन्ज भन्दा डेढ किलोमिटरको दुरीमा मात्रै रहेकोले यो थ्रिल वाटर र फन पार्कको लागि धेरै नै उपयुक्त स्थान भएको बताए।

थ्रिल वाटर र फन पार्कलाई दैनिक भारत बिहारको मोतिहारी, रक्सौलको साथ साथै हेटौडा, सिमरा लगाएतको ठाउँहरुबाट गा्रहकहरु आउने गरेको उनले बताए।थ्रिल वाटर र फन पार्कलाई प्रयोग गरिएको सामाग्री भारत तथा चीनबाट भित्रियाइएको र दुबैमा गरेर ४० जनाले रोजगारी पाएको उनले बताए।

प्रकाशित: ६ जेष्ठ २०८० १२:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App