अर्थ

ज्योति क्यापिटलको अध्यक्षमा ढकाल नियुक्त

ज्योति क्यापिटलको अध्यक्ष पदमा कपिल ढकाल नियुक्त भएका छन्। सञ्चालक समितिको २७ औं बैठकले बैंकबाट सञ्चालक मनोनित भई आएका बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत ढकाललाई क्यापिटलको अध्यक्ष पदमा नियुक्त गरेको हो।

बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा करिब १५ वर्ष भन्दा बढीको अनुभव बोकेका ढकाल यही जेठ ३ गतेदेखि लागु हुने गरी क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा चयन भएका हुन्।

प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट रहेका ढकालसँग डिलोइट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेको अनुभव रहेको छ।

यसका साथै, उनले एनआईसी एसिया क्यापिटल तथा एनआईसी एसिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्ष रहिसकेका छन्।

नव-नियुक्त सञ्चालक समितिका अध्यक्ष ढकालको यस क्षेत्रमा रहेको लामो कार्य अनुभव तथा कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान हुनेछ भन्नेमा क्यापिटल विश्वस्त रहेको जनाएको छ।

प्रकाशित: ५ जेष्ठ २०८० ०३:५३ शुक्रबार

ज्योति क्यापिटल सञ्चालक समितिको २७ औं बैठक