अर्थ

साढे ७ प्रतिशत ब्याजमा बैंकहरुले राष्ट्र बैंकसँग सापटी पाउने

अब साढे ७ प्रतिशत ब्याजदरमा बैंक तथा वित्तीय संस्थाहरुले  स्थायी तरलता सुविधा पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले आज  एक सर्कुलर जारी गर्दै बैंकदरलाई साढे सात प्रतिशतमा झारेको छ। बैंकहरुले बैंकदरमा नै स्थायी तरलता सुविधा उपयोग गर्न पाउछन्।

यसअघि बैंकहरुले साढे ८ प्रतिशत ब्याज तिरेर स्थायी तरलता सुविधा लिँदैआएका थिए।राष्ट्र बैंकसँग लिने सापटीको ब्याजदर घटेसँगै बैंकहरुको ब्याज खर्च घट्ने छ।

प्रकाशित: ३ जेष्ठ २०८० १२:४९ बुधबार

साढे ७ प्रतिशत ब्याजमा बैंकहरुले राष्ट्र बैंकसँग सापटी पाउने