अर्थ

अर्थतन्त्रका सूचकहरु हेर्दा मुलुक अफ्ठ्यारो अवस्थामा छः सांसद पौडेल

नेकपा एमालेका सांसद विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रका सूचकहरु हेर्दा अफ्ठ्यारो अवस्थामा रहेको बताएका छन्।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको पहिलो बैठकमा बोल्दै सांसद पौडेलले यस्तो बताएका हुन्।  

उनले अर्थतन्त्रका समस्या र चुनौतिको बीचमा सरकार अगाडि बढ्ने विषयमा सबैलाई जानकारी दिनुपर्ने बताए। मुलुकको अर्थतन्त्रका समस्या र चुनौति समाधान गर्नको लागि सरकारले अर्थ समितिलाई साथ लिएर जान सक्नुपर्ने उनको भनाइ छ।

उनले भने,‘ मुलुकको अर्थतन्त्रका सूचकहरु हेर्दा अफ्ठ्यारो अवस्थामा छौं। अर्थतन्त्रका समस्या र चुनौतिको बीचमा सरकार कसरी अगाडि बढ्छौं। त्यसमा समितिलाई समेत साथमा लिएर जो दायित्व सरकार अर्थमन्त्रीसँग हुनेगर्छ। आगामी बजेटमा अर्थमन्त्रालय ,राष्ट्र बैंक,प्राकृतिक स्रोत तथा वित्त आयोग,लगानी बोर्ड र राष्ट्रिय योजना आयोगसँग सम्बन्धि आर्थिक सूचकहरु बारेमा अर्थमन्त्रीलाई समितिमा उपस्थित गराएर बैठक बस्ने प्रवद्र्धन गर्नुपर्छ।’

उनले आगामी बजेटमा अर्थमन्त्रालय,राष्ट्र बैंक,प्राकृतिक स्रोत तथा वित्त आयोग,लगानी बोर्ड र राष्ट्रिय योजना आयोगसँग सम्बन्धि आर्थिक सूचकहरु बारेमा अर्थमन्त्रीलाई समितिमा उपस्थित गराएर बैठक बस्ने प्रवद्र्धन गर्नुपर्ने माग राखे।  

प्रकाशित: २ जेष्ठ २०८० ११:५२ मंगलबार

विष्णुप्रसाद पौडेल