अर्थ

पाँच सय र हजारका भारु नाेट साट्न भारत तयार

काठमाडौं— भारतीय अर्थमन्त्री अरुण जेट्लीले भारतले  केही समय अघि प्रतिबन्धित गरेका ५०० र १००० दरका नोटहरुको नेपालले सटही सुविधा प्राप्त गर्ने बताएका छन्। नेपालमा प्रचलित ठूला दरका भारु नोटहरुको सटहीका लागि नेपाल राष्ट बैंक र भारतीय रिजर्भ बैंकले आवश्यक मोडालिटी तयार गरी सटहीको टुंगो लगाउने उनले बताए।

पालमा प्रचलित ठूला दरका भारु नोटहरुको सटहीका लागि नेपाल राष्ट बैंक र भारतीय रिजर्भ बैंकले आवश्यक मोडालिटी तयार गरी सटहीको टुंगो लगाउने उनले बताए।

उद्योग मन्त्रालय तथा नेपाल लगानी बोर्डको आयोजनामा लगानी सम्मेलनलाई सम्बोधन गर्न नेपाल आएका भारतीय अर्थमन्त्रीले शुक्रबार बिहान पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै नेपालको आर्थिक विकासको चाहनामा भारतले सहयोग गर्ने प्रतिवद्धता दोहोर्याए।

पूर्वाधार विकासमा खासगरी अन्तरदेशीय प्रसारणलाइन तथा यातायात पूर्वाधार तथा रेलसेवा विस्तारमार्फत् नेपाललाई भारतसँग आर्थिक रुपमा जोड्ने अर्थमन्त्री जेट्लीको प्रतिवद्धता छ। उनले उपक्षेत्रीय सहयोग सञ्जाल बीबीआइएन (बंगलादेश, भुटान, भारत र नेपाल)ले त्यसतर्फ काम अघि बढाएको उल्लेख गर्दै यसले क्षेत्रीय सम्वृद्धि हासिल गर्न सयोगी हुने जेट्लीको भनाइ थियो।

पछिल्लो समय भारतबाट नेपालमा आउने प्रत्यक्ष वैदेशिक लगानीमा कमी आइरहेको सन्दर्भ उल्लेख गर्दै जेट्लीले नेपालले लगानीको वातावरण सुधार गर्दै लगेकाले आगामी दिनमा भारतबाट प्रत्यक्ष वैदेशिक लगानीमा समेत वृद्धि हुने विश्वास व्यक्त गरे। भारतीय अर्थमन्त्री जेट्लीले आजै उद्योगमन्त्री नवीन्द्रराज जोशीसँग द्विपक्षीय सहयोग तथा भारतीय लगानी विस्तारका सम्बन्धमा छलफल गरेका छन्।

प्रकाशित: २० फाल्गुन २०७३ ०७:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App