अर्थ

बेष्ट फाइनान्सको सभा सम्पन्न

बेष्ट फाइनान्स कम्पनीको २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। उक्त साधारणसभाको उद्घाटन सञ्चालक समितिका अध्यक्ष खिमलाल पौडेलले गरेका छन्। 

सभाले आव २०७८-०७९ को सञ्चालक समितिको प्रतिवेदन तथा वार्षिक वित्तीय विवरण पारित गरेको छ। साथै आव २०७९÷०८० का लागि बाह्य लेखा परीक्षकको नियुक्तिको प्रस्ताव पारित गरेको छ। 

प्रकाशित: २ जेष्ठ २०८० ०२:०८ मंगलबार

बेष्ट फाइनान्सको सभा सम्पन्न