अर्थ

बेलाको ब्राण्डको इलेक्ट्रिक्स सामान नेपाली बजारमा

बेलायती ब्रान्ड ‘बेलाको’का होम एप्लाइन्सेसको उत्पादन नेपाली बजारमा आएका छन्। आइकेबिएस ग्रुप प्रालिले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर बेलाको ब्राण्डको होम एप्लाइसेन्स नेपाली बजारमा भित्रिएको जनाएको छ।

आइकेबिएस ग्रुप प्रालिका प्रमुख कार्यकारी अधिकृत अब्दुल बसिदले आइतबार एक कार्यक्रमबीच बेलाको ब्राण्डको इलेक्ट्रिोनिक्स सामान र उपकरण नेपाली बजारमा आएको बताए। ‘बेलाको ब्राण्डको २८ वटाभन्दा धेरै घरायसी उपकरण बजारमा ल्याएका छौं,’ उनले भने, ‘बेलायतमा चर्चित ब्राण्ड बेलाको होम एप्लाइन्सेज (इलेक्ट्रिक्स सामान) नेपाली उपभोक्ताले प्रयोग गर्न पाउनु सुखद हो।’

बेलाको ब्राण्डको रेफ्रिजेरेटर, राइसकुकर, ग्राइन्डर लगायतका इलेक्ट्रिक्स सामान तथा उपकरण बजारमा ल्याएको हो। कम्पनीका अनुसार बेलायतमा उत्पादन भएका घरायसी सामान बेलायत र कतारमा बिक्री वितरण हुँदै आइरहेकोमा अहिले नेपालमा ल्याइएको हो।

कम्पनी आगामी दिनमा अन्य मुलुकमा पनि विस्तार गर्ने लक्ष्य राखेको छ। बेलाको ब्राण्डले आफ्नो गुणस्तरमा सम्झौता नगर्ने जनाएको छ। कम्पनीले आफ्ना उत्पादन ग्राहकको प्रमुख रोजाइ बन्दै गइरहेको दाबी गरेको छ। बेलाको उपभोक्ता र व्यावसायिक दुवै क्षेत्रमा आफ्नो सशक्त उपस्थिति बनाउन केन्द्रित हुँदै आइरहेको छ।

आईकेबिएस ग्रुप अन्तर्गत इलेक्ट्रोनिक्स डिभिजन अन्तर्गत बेलाको होम एप्लाइसेन्सको उत्पादन रहेका विभिन्न उपकरणहरू बिक्री शुभारम्भ गरेको हो। आइकेबिएस ग्रुप प्रालिका कन्ट्री सेल्स म्यानेजर लक्ष्मण सापकोटाले बेलाको ब्राण्डका सामान तथा उपकरण नेपालमा सबै ठाउँमा उपलब्ध हुने बताए। 

प्रकाशित: १ जेष्ठ २०८० ०३:०१ सोमबार

बेलायती ब्रान्ड ‘बेलाको’ होम एप्लाइन्सेसको उत्पादन