अर्थ

सनराइज बैंक र अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रबीच सम्झौता

 सनराइज बैंक र अरोगिन हेल्थकेयर बीच बैंकका ग्राहकलार्ई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो।बैंकले स्वास्थ्य क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले काठमाडौं विशालनगरस्थित हेल्थकेयर तथा अनुसन्धान केन्द्रसँग सम्झौता गरेको हो। 

सम्झौता अनुसार बैंकका ग्राहकले बैंकको क्रेडिट, डेबिट कार्ड, क्युआर वा मोवाइल बंैकिङ मार्फतउक्त हेल्थकेयर तथा अनुसन्धान केन्द्रका विभिन्न सेवा तथा उपचार सुविधाहरूमा ४५ प्रतिशत सम्मको छुट पाउने छन्।  सम्झौतामा बैंकका कर्पोरेट मार्केटिङ प्रमुख विवेक निरौला र अरोगिन हेल्थ केयरका व्यवस्थापन प्रमुख जानुका विष्टले हस्ताक्षर गरेका छन्।  

 

प्रकाशित: ३१ वैशाख २०८० ०३:२० आइतबार

सनराइज बैंक अरोगिन हेल्थकेयर सनराइज बैंक र अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रबीच सम्झौता