अर्थ

ज्योति बैंकको नयाँ शाखा गोकर्णमा

ज्योति विकास बैंकले काठमाडौंको गोकर्णमा १२० औं शाखाको उद्घाटन गरेको छ। बैंकिङ सेवाको पहुँच विस्तार गर्दै गुणस्तरीय सेवाप्रदान गर्ने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो। गोकर्णेश्वर नगरपालिका वडा ४ काठमाडौंस्थित गोकर्ण शाखाको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर दिपककुमार रिसाल र बैंकका सञ्चालक रामकुमार श्रेष्ठले संयुक्त रूपमा गरेका छन्।

गोकर्णेश्वर नगरपालिकाका मेयर रिसालले बैंकको नयाँ शाखाले सो क्षेत्रका ग्राहकका लागि बैंकिङ सेवा थप सुलभ र सहज बनाइ वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्नुका साथै उत्पादनशील क्षेत्रमा लगानी गर्दै उक्त क्षेत्रको आर्थिक वृद्धि र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। साथै, बैंकका सञ्चालक श्रेष्ठले नयाँ शाखा मार्फत बैंकिङ सेवा थप विस्तार भएको र आगामी दिनहरूमा पनि बैंकले सेवाग्राहीलाई अझ सहज, सरल र आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित: ३१ वैशाख २०८० ०२:४५ आइतबार

ज्योति विकास बैँक गोकर्णमा १२० औं शाखाको उद्घाटन