अर्थ

अर्थतन्त्रको समस्या समाधानका लागि सरकार तयार छ: मन्त्री रिजाल

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले अर्थतन्त्रको समस्या समाधानका लागि सरकार तयार रहेको बताएका छन्। 

उद्योग संगठन मोरङको ५० औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै रिजालले अर्थतन्त्रको समस्या समाधानका लागि सरकार तयार रहेको बताएका हुन्।

मन्त्री रिजालले सरकार  र नीजि क्षेत्रले सहकार्य गरेर अर्थतन्त्रका समस्या समाधान गर्नुपर्ने बताए। ‘नीजि क्षेत्रको सहयोग विना मुलुकसमृद्धि तर्फ जान नसक्ने भएकाले सरकार र नीजि क्षेत्रवीचको सहकार्यबाट आर्थिक क्षेत्रको समस्या समाधान गर्नुपर्छ’ मन्त्री रिजालले भने‘ आउनुस् के गर्न सकिन्छ छलफलबाट समाधान खोजौं।’ 

उद्योगीहरूलाई सहयोग गर्न सरकार संधै तयार रहेकाले समस्याबाट भागेर नभई छलफलबाट  निकास निकाल्न उनले नीजि क्षेत्रलाई आग्रह गरे। रिजालले उद्योग दर्ता देखि नै धेरै खालका समस्या झेल्नु परिरहेको भन्दै पञ्चायतकालिन परिपार्टी अझै नसुध्रेको बताए। रिजालले अझै पनि धेरै काम कर्मकाण्डी जस्तो नै देखिएको र त्यसैमा रमाउने प्रबृत्तिमा सुधार नहुँदा आर्थिक क्षेत्र समस्याको जंजालले झेलिएको बताए।  

प्रकाशित: २९ वैशाख २०८० १३:५९ शुक्रबार

रमेश रिजाल