अर्थ

‘शिवेन्द्रले साढे २३ वर्षअघि नै सेयर बेचेका हुन्’

बुद्ध एयर प्रालिका संस्थापक सेयरधनी स्व. सुरेन्द्रबहादुर बस्नेतका छोरा शिवेन्द्रबहादुर बस्नेतले बुद्ध एयर प्रालिमा आफ्नो सेयर भएको दाबी गरिरहँदा उनले साढे २ दशक अघि नै सेयर बेचेर कम्पनीबाट बाहिरिएको पाइएको छ। शिवेन्द्रले कम्पनीमा आफ्नो सेयर भएको झुट्टा विवरण सार्वजनिक गरेको भन्दै बुद्ध एयरले आपत्ति जनाएको छ।

बुद्ध एयर प्रालिमा संस्थापक सेयरधनी स्व.सुरेन्द्रबहादुर बस्नेत र वीरेन्द्रबहादुर बस्नेतले सञ्चालन गरेको कम्पनीमा शिवेन्द्रबहादुर बस्नेतले प्राप्त गरेको १४ प्रतिशत सेयर २०५६ सालमा बिक्री गरी बुध्द एयरबाट अलग भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बुद्ध एयर प्रालिका संस्थापक सेयरधनी स्व. सुरेन्द्रबहादुर बस्नेतका छोरा शिवेन्द्रबहादुर बस्नेतले बुद्ध एयर प्रालिमा आफ्नो सेयर भएको दाबी गरिरहँदा उनले साढे २ दशक अघि नै सेयर बेचेर कम्पनीबाट बाहिरिएको पाइएको छ।

शिवेन्द्रले बुद्ध एयरबाट अलग भएर ‘माउन्टेन एयर प्रालि’ खोलेको जनाइएको छ। बुध्दका तत्कालीन कार्यकारी अध्यक्ष स्व.बस्नेतको नाममा रहेको ८० प्रतिशत सेयरमध्ये ४० प्रतिशत सेयर वीरेन्द्रबहादुर बस्नेत र बाँकी ४० प्रतिशत सेयर अर्चना बस्नेत, शिवानी बस्नेत, देव्यानी बस्नेत र पछिबाट आदर्शबहादुर बस्नेत समेतको नाममा हुने गरी सुरेन्द्र बस्नेतले ‘बकसत्रप’ गरेको कम्पनीले जनाएको छ।

सबै सेयरधनीहरू बीच कम्पनी ऐन, २०६३ को ‘दफा १४५’ अनुसार मिति २०७५ साउनमा भविष्यमा बुध्द एयर सञ्चालन गर्ने विस्तृत प्रक्रियासहितको ‘सर्वसम्मत सम्झौता’ गरी कम्पनी ऐन, प्रबन्ध पत्र नियमावली समेतका व्यवस्थालाई पूर्णतः विधिसम्मत रूपले पालना गरी पारदर्शी तवरले कारोबार गर्दै आएको कम्पनीको दाबी छ।

सर्वसम्मत सम्झौता अनुसार ‘क’ समूहका ६० प्रतिशत सेयरबाट २ जना र ‘ख’ समूहका ४० प्रतिशत सेयर मध्येबाट १ जना सञ्चालक विधिवत नियुक्त भएको कम्पनीले जनाएको छ। सबै सेयर धनीहरूलाई आह्वान गर्दा समेत अर्चना बस्नेत, शिवानी बस्नेत र आदर्शबहादुर बस्नेत उपस्थित हुन नआएको हुँदा उक्त १ सञ्चालक पद खाली नै राखी ‘६५ प्रतिशत सेयरधनीहरू’को उपस्थितिमा साधारणसभा सम्पन्न भएको कम्पनीले जनाएको छ।

शिवेन्द्रबहादुर बस्नेतले काल्पनिक र झुठा आरोप लगाएको कम्पनीले जनाएको छ। ३५ प्रतिशत सेयरधनीहरूले कम्पनी ऐन, २०६३ को दफा १४६ र १४७ बमोजिमको अधिकार प्रयोग गर्ने वहानामा गैरकानूनी, अनुचित लाभ प्राप्ति तथा कम्पनीको अहित हुने कार्यतर्फ अग्रसर रहेको अवस्थामा कम्पनीले बाध्य भई सेयरधनीहरूले उक्त कानूनी व्यवस्थाको प्रयोग अगामी साधारणसभामा उपभोग गर्न जानकारी गराइएको समेत विज्ञप्तिमा उल्लेख छ।  

प्रकाशित: २९ वैशाख २०८० ०२:०८ शुक्रबार

बुद्ध एयर प्रालि ‘माउन्टेन एयर प्रालि’