अर्थ

बृहत् संवाद कार्यक्रम हुने

बृहत् राष्ट्रिय आर्थिक संवाद कार्यक्रम २०२३ आयोजना गरिने भएको छ। नबिल बैंकद्वारा प्रायोजित उक्त कार्यक्रम जेठ २ गते मंगलबार काठमाडौं स्थित होटल सोल्टीमा बैंकिङ समाचारले आयोजना गर्न लागेको हो।

‘द नेशनल बैंकिङ डिस्कोर्स २०२३’ कार्यक्रममा वर्तमान आर्थिक परिदृश्यमा बजेटसँगको अपेक्षा; वित्तीय सेवा इकोसिस्टमको डिजिटाइजेसनको स्थिति र चुनौती; रेमिट्यान्सले धानेको अर्थतन्त्रको प्राण र यसको भविष्य; दिगो अनि समावेशी विकासका लागि अहम् वित्तीय साक्षरताको अपरिहार्यता र स्थिति लगायतका विषयवस्तुमा मूलभूत छलफल हुनेछ।

यस्तै आजको बैंकिङको अवस्था, व्याजदर वृद्धिको समस्या, बैंकहरूमा भइरहने तरलताको समस्या, बढ्दो निष्क्रिय कर्जाको स्थिति, वित्तीय संस्थाप्रतिको विश्वास घटाउने क्रियाकलापको निरुत्साहन, मौद्रिक नीतिले बैंकहरूमा परिरहेको दबाव, वित्तीय साक्षरताका विषयहरू, वित्तीय सेवा इकोसिस्टमको डिजिटाइजेसनको स्थिति र चुनौतीलगायतका विषयमा हुने बृहत् परिसंवादले हालको समस्या र चुनौतीहरूको समाधान गर्न नयाँ दिशा तय गर्ने अपेक्षा राखिएको छ। 

प्रकाशित: २९ वैशाख २०८० ०१:५६ शुक्रबार

बृहत् राष्ट्रिय आर्थिक संवाद कार्यक्रम २०२३ आयोजना