अर्थ

नेक्सन इभिम्याक्स बजारमा

टाटा मोटर्सले नेक्सन इभिम्याक्सको बिक्रीवितरण सुरु गरेको छ।

उत्कृष्ट एवं दिगो ‘मोबिलिटी’मा विश्वास राख्ने ग्राहकलाई लक्षित नेक्सन इभिम्याक्सले देशको समग्र विद्युतीय सवारी साधनको बजारलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा कम्पनीले गरेको छ।

उच्च भोल्टेजको उच्चतम जिपट्रन प्रविधियुक्त उक्त विद्युतीय गाडी इन्टेन-टिल, डेट्ना र प्रिसटिन गरी तीनवटा रङमा उपलब्ध हुने तथा ४०.५ किलोवाट–प्रति घण्टा क्षमता भएको लिथिएम ब्याट्री प्याक जडित ब्याट्रीको क्षमता अन्य ब्याट्रीभन्दा ३३ प्रतिशतले बढी भएको कम्पनीको दाबी छ।  

कम्पनीका अनुसार यस गाडीले विना कुनै झञ्झट एआरएआईद्वारा प्रमाणित ४५३ किलोमिटर लामो रेञ्जको प्रत्याभूति गर्ने, १०० किलोवाट बराबरको शक्तिको अतिरिक्त पेडल थिच्नेबितिक्कै २५० एनएम बराबरको टर्क पैदा गर्ने  ७.२ किलोवाटको एसी फास्ट चार्जर घर वा कार्यालयमा जडान गर्न सकिने लगायतका विशेषताहरू रहेका छन्।

टाटा मोटर्स पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेशचन्द्रले कम्पनीका गाडीहरूले विद्युतीय सवारी साधनको विकास एवं विस्तारमा अग्रणी भूमिका खेलिरहेको र नेक्सन इभी म्याक्सको बजारमा बिक्री वितरणसँगै यस्तो भूमिका अझ सुदृढ हुने अपेक्षा कम्पनीले गरेको जनाएको छ।

उक्त नयाँ गाडीको मूल्य ४६ लाख ४९ हजार रूपैयाँ रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: २८ वैशाख २०८० ०२:२६ बिहीबार

टाटा मोटर्स नेक्सन इभिम्याक्सको बिक्रीवितरण