अर्थ

अन्नपूर्ण केवलकारले आईपीओ जारी गर्दै

अन्नपूर्ण केवलकारले साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ। आईपीओ निस्कासनको प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकमा क्यापिटललाई नियुक्त गरिएको छ।

अन्नपूर्ण केवलकारका अध्यक्ष कालु गुरुङ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कविन्द्रध्वज जोशीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

अन्नपूर्ण केबलकारले कम्पनीको जारी पुँजी १ अर्ब ५५ करोडको २० प्रतिशतले हुने ३१ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय नागरिकलाई बिक्री गर्न लागेको हो। केवलकारमा जनताको सहभागिता बढाउन २० प्रतिशत आईपीओ निकाल्ने निर्णय गरेको कम्पनीका अध्यक्ष गुरुङले जानकारी दिएका छन्। कम्पनीले अंकित मूल्य एक सय रूपैयाँको दरले आईपीओ निकाल्ने भएको छ। आईपीओ निष्कासनपछि कम्पनीले थप परियोजनामासमेत लगानी गर्ने योजना बनाएको जानकारी गुरुङले दिए।

प्रकाशित: २८ वैशाख २०८० ०२:१२ बिहीबार

अन्नपूर्ण केवलकार साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी