अर्थ

नेपाल ट्रेड युनियन काँग्रेस ताप्लेजुङको अध्यक्षमा कार्की

नेपाल ट्रेड युनियन काँग्रेस ताप्लेजुङको सातौं जिल्ला अधिबेशनले खगेन्द्रकुमार कार्की अध्यक्ष रहेको कार्य समिति सर्वसम्मत चयन गरेको छ। समितिको खुल्ला उपाध्यक्षमा पृथ्वीनारायण गौतम,महिला उपाध्यक्षमा शान्ति मादेन,सेवा क्षेत्रतर्फको उपाध्यक्षमा पेम्बा शेर्पा,उत्पादन क्षेत्रतर्फको उपाध्यक्षमा दीपक यक्सो चयन भएका छन्। 

अनौपचारिक तथा स्वरोजगार क्षेत्रको उपाध्यक्ष पद पूर्ति हुन भने बाँकी रहेको छ। यस्तै समितिको सचिवमा फुर्वा शेर्पा,सहसचिवमा सुरेश निरौला,सहसचिवमा भीमशमसेर तुम्बाहाम्फे,कोषाध्यक्षमा कमला दुम्जन र सहकोषाध्यक्षमा तारा गुरुङ चयन भएका छन्। अधिबेशनले पूर्व अध्यक्ष गणेशबहादुर मगरलाई केन्द्रीय र देउमाया ओझालाई प्रदेश प्रतिनिधि चयन गरेको छ। दुई महिला सहित ९ जना कार्य समिति सदस्य चयन भएको नेपाली काँग्रेस ताप्लेजुङका प्रवक्ता गणेश सिग्देलले जानकारी दिए। नेपाली काँग्रेस ताप्लेजुङका सभापति गजेन्द्रप्रसाद तुम्याहाङको प्रमुख आथित्यता भएको कार्यक्रम नेपाल ट्रेड युनियन काँग्रेस ताप्लेजुङका अध्यक्ष गणेशबाबु निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रकाशित: २७ वैशाख २०८० ०४:०७ बुधबार

नेपाल ट्रेड युनियन काँग्रेस ताप्लेजुङको अध्यक्षमा कार्की