अर्थ

एनएमबी क्यापिटल बालुवाटारमा

एनएमबी क्यापिटलले आफ्नो कार्यालय नागपोखरीबाट बालुवाटारमा स्थानान्तरण गरेको छ। यही वैशाख २४ गतेदेखि बैंकले बालुवाटारबाट आफ्नो सेवा लागू गरेको हो। बालुवाटार –४ मा रहेको नयाँ कार्यालय अहिले पूर्ण रूपमा सञ्चालनमा आएको बैंकले जनाएको छ। क्यापिटलका अनुसार कम्पनीले आफ्ना ग्राहक, कर्मचारी र साझेदारहरूलाई थप सुविधाजनक र पहुँच योग्य विकल्प उपलब्ध गराउन रणनीतिक रूपमा बालुवाटार छनोट गरेको बताएको छ।  

नयाँ कार्यालयमा कर्मचारी र ग्राहक दुवैका लागि आधुनिक र सहज वातावरण प्रदान भएको र ग्राहकहरूलाई प्रदान गरिने सेवाहरूको गुणस्तर सुधार गर्न र सम्भव भएसम्म उत्कृष्ट सेवाहरू प्राप्त गर्न सुनिश्चित गर्न नयाँ पूर्वाधारमा लगानी गरेको बैंकले जनाएको छ।

प्रकाशित: २५ वैशाख २०८० ०२:५१ सोमबार

एनएमबी क्यापिटल बालुवाटारमा बालुवाटार एनएमबी क्यापिटल