अर्थ

अर्थतन्त्र चलायमान बनाउने गरी बजेट ल्याउँछौ: अर्थमन्त्री महत

फाइल तस्बिर।

अर्थमन्त्री डा. प्रकाशरण महतले आगामी बजेटले निजी क्षेत्रलाई आर्थिक विकासको संवाहक मान्दै नीतिगत स्थिति, व्यवसायमैत्री नीतिको व्यवस्था गरिने बताएका छन्।

आईतवार प्रतिनिधि सभामा विनियोजित विधेयक २०८० का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन्।

उनले अर्थतन्त्र चलायमान बनाउने गरी बजेट ल्याइने उल्लेख गरे। उनले गैर आवासीयको लगानी परिचालन र अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा आउन अवसर दिइने बताए।

दिगो विकास सहकारी क्षेत्रको लगानी, अर्थतन्त्रको आधार निर्माण गर्नेतर्फ बजेट केन्द्रित हुने उनको भनाइ थियो। वित्त नीति र मौद्रिक नीतिबीच तारतम्य गरिने, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्दै उत्पादन तथा उत्पादकत्व बढाइने गरी बजेट ल्याइने उनले उल्लेख गरे।

उनले स्टार्ट अपलाई प्रोत्साहन गरिनुका साथै लघु तथा घरेलु तथा साना उद्यम सञ्चालनका लागि कार्यक्रम सञ्चालनमा ल्याउने बताउँदै निर्यात बढाउन नगद अनुदानको व्यवस्था गरिने, धनी र गरिब बीचको खाडल घटाइने गरी बजेट ल्याइने उल्लेख गरे।

प्रकाशित: २४ वैशाख २०८० १३:२३ आइतबार

डा. प्रकाशरण महत