अर्थ

२५ गतेबाट प्रि-बजेट छलफल

प्रतिनिधिसभाको बर्खे अधिवेशन आगामी वैशाख २४ देखि सुरु हुँदैछ। अधिवेशनको पहिलो दिनमै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रि-बजेट) सम्बन्धमा (कर प्रस्ताव)बाहेक छलफल गर्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।

अर्थमन्त्रीले प्रि-बजेट छलफलको लागि प्रस्ताव प्रस्तुत गरेपछि अर्को २५ देखि २७ सम्म प्रि-बजेट छलफल गर्ने र सरकारले छलफलमा उठेका विषयमा जवाफ दिने कार्यक्रम तय भएको छ। यस कार्यक्रमलाई कार्य व्यवस्था परामर्श समितिको बैठकमा प्रस्तुत गरि कार्यसुची तय गरिने स्रोतले बतायो।

प्रमुख विपक्षी दल एमालेको केन्द्रीय कमिटी बैठक वैशाख २८ देखि ३० गतेसम्म झापामा हुने भएकाले सो समय अघि नै प्रि-बजेट छलफल सकिने गरि तयारी गरिएको स्रोतले बतायो।

राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत हुनुभन्दा १५ दिन अगावै प्रि-बजेट छलफल समाप्त भइसक्नु पर्छ। आगामी जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने भएका कारण सो समयलाई ध्यानमा राखेर प्रि-बजेट छलफल गर्न लागिएको हो।

प्रकाशित: २२ वैशाख २०८० ०३:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App