अर्थ

कामना सेवा र मनकामना अस्पतालबीच सम्झौता

कामना सेवा विकास बैंक र मनकामना अस्पताल, भरतपुरबीच एक सम्झौता सम्पन्न भएको छ।

सम्झौता अन्तर्गत बैंकसँग आबद्ध सबैले चितवनस्थित मनकामना अस्पतालले प्रदान गर्ने ओपिडी सेवा, सामान्य वार्ड, बेड शुल्क, सिटी स्क्यान, आईसियु, एनआईसियु, एचडियु/नर्सरी सेवाहरूमा छुट पाउने भएका छन्।

अस्पतालले प्रदान गर्ने उक्त सेवा सुविधामा बैंकका कर्मचारीले २० र बैंकका ग्राहकले १५ प्रतिशतसम्मको छुट प्राप्त गर्ने भएका छन्।

उक्त सम्झौताबाट बैंकसँग आबद्ध सबैले लाभ लिने विश्वास बैंकले लिएको छ।

प्रकाशित: २२ वैशाख २०८० ०३:३६ शुक्रबार

सिटी स्क्यान कामना सेवा विकास बैंक आईसियु एनआईसियु एचडियु/नर्सरी सेवाहरू