अर्थ

यामाहा स्कुटरको टेस्ट राइड गर्नुस्, आइफोन ७ जित्नुस्

काठमाडौं- नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले एक महिना लामो एक्स्क्ल्युसिभ स्कुटर क्याम्पेन सुरु गरेको छ। यो अवधिमा यामाहाको फेसिनो र रे जेडआर स्कुटरको टेस्ट राइड गर्ने एक जनाले आइफोन ७ जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।

योजना अवधिभर यामाहा स्कुटर खरिद गर्ने ग्राहकलाई टिसोट, गुच्ची, बोस ओरेन्ज, जिर्गियो अर्मानी र गाइ लोरेचे लगायत ब्रान्डका प्रिमियम घडी, सनग्लास, पर्फ्युम र ब्याग उपहार दिने कम्पनीको भनाइ छ। एमएडब्लु इन्टरप्राइजेजका सेल्स एन्ड बिजनेस डेभलपमेन्ट एजिएम दिपक रौनियारले नेपालमा धेरै रुचाइएका यामाहा स्कुटर प्रिमियम स्कुटरमा गनिने बताए। एक सय १३ सिसी एअर कुल्ड इन्जिनजडित फेसिनो सजिलोसँगै राम्रो स्कुटर भएको भन्दै यसमा ब्लुकोर टेक्नोलोजी रहेकाले ६६ किलोमिटर प्रतिलिटरको माइलेज दिने उनले बताए।

प्रकाशित: २५ माघ २०७३ ०४:५६ मंगलबार

यामाहा स्कुटरको टेस्ट राइड गर्नुस् आइफोन ७ जित्नुस्