अर्थ

‘निक इकोट्याप’ ट्रान्सर्फर प्राधिकरणलाई निःशुल्क हस्तान्तरण

नेपालको ट्रान्सफर्मर उत्पादन उद्योगमा स्थापित नेपाल एकरात इन्जिनियरिङ कम्पनी प्रालि (निक) ले आधुनिक प्रविधिमा उत्पादन गरेको ५०० केभिएको वितरण ट्रान्सफर्मर नेपाल विद्युत् प्राधिकरणलाई निःशुल्क हस्तान्तरण गरेको छ।

करिब ३२ लाख रूपैयाँ मूल्य पर्ने उक्त ट्रान्सफर्मर आइतबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालको उपस्थितिमा ट्रान्सफर्मर हस्तान्तरण गरिएको निकले जानकारी दिएको छ। यस्ता खालका ट्रान्सफर्मर उत्पादन तथा जडान कार्यले स्वच्छ ऊर्जा आपूर्तिमा ठूलो योगदान पुर्याउने कार्यकारी निर्देशक घिसिङले बताए।

नेपालको ट्रान्सफर्मर उत्पादन उद्योगमा स्थापित नेपाल एकरात इन्जिनियरिङ कम्पनी प्रालि (निक) ले आधुनिक प्रविधिमा उत्पादन गरेको ५०० केभिएको वितरण ट्रान्सफर्मर नेपाल विद्युत् प्राधिकरणलाई निःशुल्क हस्तान्तरण गरेको छ।

जर्मनीको एमआर कम्पनीको ‘भ्याकुम अनलोड ट्याप चेन्जर’ प्रविधि र अमेरिकी कम्पनी कार-गिलद्वारा उत्पादित यो ट्रान्सफर्मर वातावरणमैत्री तथा स्वच्छ हरित ऊर्जा आपूर्तिमा योगदान पुर्‍याउने विशेषताको रहेको निकका प्रबन्ध सञ्चालक कुशकुमार जोशीले बताए।

निकले गत वर्ष नै यस्तो खालको ट्रान्सफर्मर उत्पादन गर्ने विषयमा प्राधिकरणसँग समझदारी गरेको थियो। हाल यो ट्रान्सफर्मर प्राधिकरणको रत्नपार्क केन्द्रीय कार्यालय मातहतमा जडान गरिसकिएको छ।

प्राधिकरणमा जडान गरिदिएजस्तै ट्रान्सफर्मर उत्पादनको योजनालाई निकले प्राथमिकताका साथ अगाडि बढाएको जनाएको छ। यो ट्रान्सफर्मरले विद्युत् आपूर्तिमा हुने उतारचढाव तथा भोल्टेजको सन्तुलन मिलाउन महत्त्वपूर्ण भूमिका खेल्ने जोशीले बताए।

‘विद्युत् हुँदा पनि भोल्टेजकै कारणले पटक-पटक आपूर्तिमा समस्या आउने वा आपूर्ति विच्छेद भइरहने समस्यालाई यो ट्रान्सफर्मरले सन्तुलन मिलाउँछ,’ उनले भने, ‘यसले वातावरणमैत्री तथा स्वच्छ हरित ऊर्जा आपूर्तिमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ।’

प्राधिकरणमा जडान गरिदिएजस्तै ट्रान्सफर्मर उत्पादनको योजनालाई निकले प्राथमिकताका साथ अगाडि बढाएको जनाएको छ।

उपर्युक्त ट्रान्सफर्मर उत्पादन र जडान गर्नका लागि निक र प्राधिकरणबीच २०७९ साल भदौ १ गते समझदारीपत्रमा हस्ताक्षर भएको थियो। निकमार्फत ट्रान्सफर्मर उत्पादनको उद्योगमा नयाँ प्रविधि भिœयाउन मुख्य भूमिका निर्वाह गरेकोमा प्राधिकरणले एमआर जर्मनी र कारगिल अमेरिकालाई यस्तै सहयोग जारी राख्न आग्रह गरेको छ।

विद्युत् आपूर्तिका क्रममा भइरहने विभिन्न खालका दुर्घटना रोक्न सकिने र एउटै पोलमा समेत जडान गर्न मिल्ने यस खालको ट्रान्सफर्मर जर्मनीमा उत्पादन भएको एक वर्षभित्रै निकले सोही प्रविधिलाई नेपालमा भित्र्याएको जनाएको छ।

जोशीका अनुसार प्राधिकरणको केन्द्रीय कार्यालयबाटै अवस्था जाँच्न वा बिग्रे नबिग्रेको जानकारी लिन सकिने आधुनिक सञ्चारजन्य उपकरणसमेत ट्रान्सफर्मरमा जडान गरिएको छ।

विद्युत् आपूर्तिका क्रममा भइरहने विभिन्न खालका दुर्घटना रोक्न सकिने र एउटै पोलमा समेत जडान गर्न मिल्ने यस खालको ट्रान्सफर्मर जर्मनीमा उत्पादन भएको एक वर्षभित्रै निकले सोही प्रविधिलाई नेपालमा भित्र्याएको जनाएको छ।

नेपालमा ट्रान्सफर्मर उत्पादन गरी भुटान, बंगलादेश जस्ता देशमा निर्यातसमेत गर्दै आएको निकले पछिल्लो समय नयाँ-नयाँ प्रविधिमा आधारित वातावरणमैत्री र स्वच्छ हरित ऊर्जा आपूर्तिमा योगदान पुर्याउने खालका ट्रान्सफर्मर उत्पादनलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ। हरित ऊर्जा विकासको विश्व अभियानमा थोरै भए पनि योगदान पुर्याउन सकिने उद्देश्यका साथ निकले यो विषयलाई अवलम्बन गर्न थालेको जोशीको भनाइ छ।  

प्रकाशित: १८ वैशाख २०८० ०३:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App