अर्थ

मुक्तिनाथ बैंंकद्वारा दुर्घटना बिमाबापत १० लाख हस्तान्तरण

मुक्तिनाथ विकास बैंकले बचतकर्ताको परिवारलाई दुर्घटना बिमा बापत १० लाख रूपैयाँ हस्तान्तरण गरेको छ।

बैंकले सवारी दुर्घटनामा परेर ज्यान गुमाएका कोहलपुर नगरपालिका ११ का स्व. जयप्रकाश घर्तीको परिवारलाई बिमा दाबी भुक्तानी बापत उक्त रकम उपलब्ध गराएको हो। बैंकले बिमा दाबी भुक्तानी बापतकोे रकम स्व. घर्तीकी पत्नी सलिना वली घर्तिलाई हस्तान्तरण गरेको हो।

उक्त रकम बैंकका क्षेत्रीय प्रमुख विजय केसी र वडा अध्यक्ष कल्पना शर्माले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए।

प्रकाशित: १७ वैशाख २०८० ०३:४४ आइतबार

मुक्तिनाथ बैंंक दुर्घटना बिमाबापत १० लाख हस्तान्तरण