अर्थ

केयर्सद्वारा विद्युतीय सवारी साधन प्रदान

लक्ष्मी केयर्सले लुम्बिनी सम्पदा क्षेत्र परिसरमा प्रयोगका लागि दुई थान विद्युतीय सवारी प्रदान गरेको छ। संस्थाले ती सवारी साधनहरू ज्येष्ठ नागरिक, फरक ढंगले सक्षम लगायतका धर्मावलम्बी तथा पर्यटकहरूलाई सम्पदा क्षेत्र परिसरभित्र निःशुल्क यात्राको लागि प्रयोग गर्न दिइएको जनाएको छ।

आउँदो बुद्धजयन्तीको अवसरमा लुम्बिनी भ्रमणमा आउने धर्मावलम्बीहरूको सुविधालाई ध्यानमा राख्दै ती विद्युतीय सवारीहरू प्रदान गरिएको हो। लक्ष्मी केयर्सका अध्यक्ष अनुप श्रेष्ठ र पूर्व अध्यक्ष तथा सल्लाहकार शिशु जोशीले संयुक्त रूपमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेय शाक्यपुत्तलाई हस्तान्तरण गरेका छन्।

प्रकाशित: १७ वैशाख २०८० ०३:३३ आइतबार

लक्ष्मी केयर्स लुम्बिनी सम्पदा क्षेत्र परिसर