अर्थ

पम्प मर्मत र प्यानलबोर्ड सञ्चालन सम्बन्धी तालिम प्रदान

नेपाल खानेपानी संस्थान प्रधान कार्यालयले संस्थानमा कार्यरत २७ जना कर्मचारीलाई ५ दिने पम्प मर्मत र प्यानलबोर्ड सञ्चालन सम्बन्धी तालिम प्रदान गरेको छ।

वैशाख ११ देखि १५ गतेसम्म चलेको तालिम खानेपानी तथा ढल व्यवस्थापन विभाग राष्ट्रिय खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न भएको हो। नेपाल खानेपानी संस्थानका महाप्रबन्धक ई. ईश्वर प्रसादले संस्थान अघि बढाउन यस्ता तालिमले सहज हुने बताए।

उनले राष्ट्रिय स्तरको तालिम प्रदान गर्न संस्थान तयार रहेको बताउँदै तालिमबाट सिकेको सीप भरपुर सदुपयोग गर्न सहभागी प्रशिक्षार्थी कर्मचारीलाई आग्रह गरेका छन्।

प्रकाशित: १७ वैशाख २०८० ०३:२९ आइतबार

नेपाल खानेपानी संस्थान प्रधान कार्यालय पम्प मर्मत र प्यानलबोर्ड सञ्चालन सम्बन्धी तालिम