अर्थ

अरूण तेस्रोको प्रसारण लाइन निर्माण चुनौतीपूर्ण बन्दै

फाइल तस्वीर

प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन ९ सय मेगावाटको अरूण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण कार्य चुनौतीपूर्ण बन्दै गइरहेको छ। आयोजनाको उत्पादनतर्फको निर्माण कार्य द्रुत गतिमा भइरहे पनि नेपालतर्फ निर्माण गर्नुपर्ने ४०० केभीको २ सय १७ किलोमिटर प्रसारण लाइन निर्माण कार्यले भने गति लिन सकेको छैन।

यो प्रसारण लाइन मुआब्जा, क्षतिपूर्ति र जग्गा प्राप्ति लगायतका विवादका कारणले अपेक्षित गतिमा काम हुन सकिरहेको छैन। जसले गर्दा आयोजना तोकिएकै समयमा निर्माण नहुने हो कि भन्ने आशंका उब्जिरहेको छ। यो आयोजना भारतीय कम्पनी एसजेभिएन अरूण थर्ड पावर डेभलपमेन्ट कम्पनीले निर्माण गर्दै आइरहेको छ।

लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले वैदेशिक लगानीमा निर्माण भइरहेको आयोजनाको मुआब्जा र जग्गा प्राप्तिको कारणले निर्माणको काम ढिलो भएमा अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश जाने भएकाले सबैले समन्वय गरेर प्रसारण लाइन निर्माणलाई अघि बढाउनुपर्ने बताए।

प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन ९ सय मेगावाटको अरूण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण कार्य चुनौतीपूर्ण बन्दै गइरहेको छ।

‘अरूण तेस्रो जलविद्युत् आयोजनाको उत्पादनतर्फ ६५ प्रतिशत भौतिक प्रगति भइसकेको छ,’ उनले भने, ‘जलविद्युत् आयोजनाको उत्पादन सँगसँगै प्रसारण लाइन निर्माण गर्न नसकिएको खण्डमा आर्थिक भाइब्रेसनमा पनि प्रत्यक्ष असर पार्नेछ। त्यसैले आयोजनाको प्रसारण लाइन निर्माणमा तीनै तहको सरकारले समन्वय र सहकार्य गरेर अघि बढ्न जरुरी छ।’

संखुवासभाको दिदिङदेखि महोत्तरीको बथनाहासम्म २ सय १७ किलोमिटरसम्म ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण गर्नुपर्ने हुन्छ। ‘२१७ किलोमिटर प्रसारण लाइन नेपालका ७ जिल्ला र २३ पालिका हुँदै भारत लैजानुपर्ने हुन्छ,’ उनले भने ‘त्यसैले प्रसारण लाइन समयमै निर्माण गर्न दिएर जतिसक्दो चाँडो विद्युत् उत्पादन गर्न सहजीकरण गर्नुपर्ने बेला भइसकेको छ।’

नेपाल खण्डमा २१७ किलोमिटर र भारतीय खण्डमा ३६ किलोमिटर प्रसारणलाइन निर्माण गर्नुपर्ने हुन्छ। भारततर्फको ३६ किलोमिटर प्रसारण लाइनको काम अघि बढिसकेको छ तर नेपालतर्फको प्रसारणलाइन मुआब्जा र क्षतिपूर्ति विवादको कारणले द्रुत रूपमा गति लिन सकेको छैन।

संखुवासभाको दिदिङदेखि महोत्तरीको बथनाहासम्म २ सय १७ किलोमिटरसम्म ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण गर्नुपर्ने हुन्छ।

नेपालतर्फ ५ सय ९८ वटा प्रसारण लाइनका लागि टावर निर्माण गर्नुपर्नेछ। भारतीय कम्पनी एसजेभिएन अरूण थर्ड पावर डेभलपमेन्ट कम्पनीले सन् २०२३ भित्रै आयोजना निर्माण सम्पन्न गर्ने योजनासहित काम गरिरहेको छ।

लगानी बोर्डको कार्यालय र भारतीय कम्पनी सतलजबीच भएको परियोजना विकास सम्झौता अनुसार अरूण तेस्रो जलविद्युत् आयोजनाबाट उत्पादन हुने २१.९ प्रतिशत अर्थात् १९७ मेगावाट बिजुली नेपालले निःशुल्क प्राप्त गर्नेछ। बाँकी बिजुली सतलज कम्पनीले भारत लैजानेछ। यो आयोजना निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि सन् २०४८ मा भने भारतीय कम्पनीले आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ।

लगानी बोर्डको कार्यालय र भारतीय कम्पनी सतलजबीच भएको परियोजना विकास सम्झौता अनुसार अरूण तेस्रो जलविद्युत् आयोजनाबाट उत्पादन हुने २१.९ प्रतिशत अर्थात् १९७ मेगावाट बिजुली नेपालले निःशुल्क प्राप्त गर्नेछ।

कुल लगानीको ३० प्रतिशत प्रवद्र्धक एसजेभिएन अरूण थर्ड पावर डेभलपमेन्ट कम्पनीको स्वपुँजी, ६० प्रतिशत भारतका पाँच बैंकको र बाँकी १० प्रतिशत नेपालका दुई बैंकको कर्जा रहने गरी निर्माण गरिँदैछ। उत्पादन भएको बिजुलीमध्ये कम्पनीले एक सय ९७ मेगावाट नेपाललाई निःशुल्क उपलब्ध गराउनेछ। अरूण तेस्रो आयोजनाको लागि ७० मिटर अग्लो ड्याम निर्माण गरिनेछ।

११.७४ किलोमिटर हेडरेस टनेल (मुख्य सुरुङ) निर्माण गरिनेछ। उक्त सुरुङको ब्यास भने ९.५ मिटर रहनेछ। अरूण तेस्रो जलविद्युत् आयोजनाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ गत वैशाखमा स्विच थिचेर शिलान्यास गरेका थिए।

कुल लगानीको ३० प्रतिशत प्रवद्र्धक एसजेभिएन अरूण थर्ड पावर डेभलपमेन्ट कम्पनीको स्वपुँजी, ६० प्रतिशत भारतका पाँच बैंकको र बाँकी १० प्रतिशत नेपालका दुई बैंकको कर्जा रहने गरी निर्माण गरिँदैछ।

एसएपिडिसी र लगानी बोर्डबीच सन् २०१४ नोभेम्बर २५ मा आयोजनाको पिडिए सम्झौता भएको थियो। आयोजनाले जलविद्युत् उत्पादनको अनुमतिपत्र सन् २०१८ मा र प्रसारण लाइन निर्माणको अनुमतिपत्र २०१९ फेब्रुअरीमा पाएको थियो।  

प्रकाशित: १७ वैशाख २०८० ०३:०४ आइतबार

प्रत्यक्ष वैदेशिक लगानी अरूण तेस्रोको प्रसारण लाइन मुआब्जा क्षतिपूर्ति र जग्गा प्राप्ति लगायतका विवाद