अर्थ

वित्तीय अपराध न्यूनीकरण गर्न फिको

काठमाडौं- वित्तीय अपराध न्यूनीकरण गर्ने उद्देश्य अनुरुप अमेरिकन सफ्टवेयर निर्माता कम्मनी फिको नेपाल प्रवेश गरेको छ। नेपाली साझेदार इलममार्फत फिको नेपाली बजारमा भित्रिएको बिहीबार आयोजित कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा बैंकिङ क्षेत्रमा बढ्दो अपराध न्यूनीकण गर्न सहयोग गर्ने उक्त सफ्टवेयरलाई नेपालमा पनि भिœयाइएको इलमका प्रमुख कार्यकारी अधिकृत अनिलबहादुर गजमेरले जानकारी दिए। उनले ९० देशका १ हजार १ सयभन्दा बढी बैंकमा लागू भइसकेको योे सफ्टवेयरले नेपालमा पनि वित्तीय अपराध रोक्न न्यूनिकरण गर्ने पनि बताए।

नेपालको बैंकिङ क्षेत्रमा पनि कालोधन तथा अन्य वित्तीय अपराध न्यूनीकरण गर्न आवश्यक रहेकाले विश्वस्तरीय कम्पनी फिकोलाई नेपालमा भिœयाइएको गजमेरले जानकारी दिए। उक्त सफ्टवेयरले वित्तीय अपराध र सो सम्बन्धी कारोबारलाई सजिलै चिन्ने र त्यस्ता कारोबारको छानबिन गर्न सहयोग गर्ने उनको भनाइ थियो।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले उक्त अवसरमा वित्तीय क्षेत्रमा देखिएको अपराध र सम्पत्ती शुद्धीकरण रोक्न खाता खोल्दा 'नो योर कस्टुमर' केवाइसीलाई कडाइका साथ लागू गरिनुपर्ने बताए। 'आर्थिक र वित्तीय अपराध विश्वमै सबैभन्दा छिटो हुने अपराधमध्ये एक रहेको र यसले देशकै अर्थ व्यवस्था तथा बैंकिङ प्रणालीलाई तहसनहस पार्ने भन्दै उनले यस्ता अपराध रोक्नका लागि विश्वस्तरीय आधुनिक प्रविधि आवश्यक रहेको बताए।

फिकोका उपाध्यक्ष टोरस्टेन मायरले फिकोले विश्व बजारमा आफ्नो प्रभुत्व जमाएको र नेपालको बैंकिङ क्षेत्रमा पनि प्रभावकारी हुने दाबी गरे। उक्त सफ्टवेयरले ठूला तथा वित्तीय अपराध सम्बन्धी कारोबारबारे छानबिन गरी जानकारी दिने बताउँदै उनले फिकोले सो सम्बन्धमा नेपाल बैंकर संघ र डाउजोन्ससँग पनि आर्थिक अपराधबाट आइपर्ने समस्या र तिनका समाधानका विषयमा कार्यशाला गोष्ठी गरेको जनाए।

कार्यक्रममा बैंकर संघका अध्यक्ष अनिल शाहले अबका दिनमा वित्तीय अपराध रोक्नका लागि आधुनिक प्रविधिको आवश्यकता रहेको बताए।

प्रकाशित: २१ माघ २०७३ ०४:०६ शुक्रबार

वित्तीय अपराध न्यूनीकरण गर्न फिको