अर्थ

सिद्धार्थ बैंकद्वारा आँखा अस्पताललाई आर्थिक सहयोग

सिद्धार्थ बैंकले नेपाल आँखा अस्पताललाई आँखा शल्यक्रियाका लागि आर्थिक सहयोग गरेको छ। बैंकले त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताललाई आँखा शल्यक्रियाको लागि पाँच लाख बाह्र हजार पाँच सय रूपैयाँ आर्थिक सहयोग गरेको हो।

सो रकम बैंकका तर्फबाट त्रिपुरेश्वर सर्कल अफिस प्रमुख जयसिंह भण्डारीले अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेललाई हस्तान्तरण गरेका छन्। बैंकबाट प्राप्त उक्त सहयोग रकम अस्पतालले काभे्रपलाञ्चोक, धादिङ, नुवाकोट र रसुवा जस्ता दुर्गम क्षेत्रका मोतिबिन्दु रोगीहरूको पहिचान गरी उनीहरूको आँखा शल्यक्रिया गर्न उपयोग गर्ने जनाएको छ।

सो सहयोगबाट आर्थिक स्थिति कमजोर भएर मोतिबिन्दु रोगको उपचार गर्न नपाइरहेका बिरामीहरूको दृष्टि सुधार गर्न मदत पुग्ने विश्वास बैंकले लिएको छ।

प्रकाशित: १२ वैशाख २०८० ०२:५६ मंगलबार

सिद्धार्थ बैंक आँखा अस्पताललाई आर्थिक सहयोग