अर्थ

महालक्ष्मी बैंकको ऋणपत्र पूर्ण रूपमा बिक्री

महालक्ष्मी विकास बैंकले निष्कासन गरेको डिवेन्चर तोकिएको समयमै बिक्री भएको जानकारी बैंकले दिएको छ।

बैंकले चैत २९ गतेदेखि निष्कासन खुला गरेको ‘११ प्रतिशत महालक्ष्मी डिवेन्चर –२०८९’ तोकिएको समय भित्रै अर्थात् वैशाख ४ गतेसम्ममा पूर्ण रूपमा बिक्री भएको हो।

बैंकले दश वर्ष अवधि तथा वार्षिक व्याजदर एघार प्रतिशत डिवेन्चर प्रति ऋणपत्र एक हजार रूपैयाँ अंकित मूल्यका दश लाख कित्ताले हुन आउने जम्मा रकम एक अर्ब रूपैयाँ बराबरको ऋणपत्रमध्ये साठी प्रतिशत रकम व्यक्तिगत तवरबाट र चालीस प्रतिशत रकम सर्वसाधारणको लागि सार्वजनिक निष्कासन गरी बिक्रीका लागि खुला गरेको थियो। बैंकले सम्पूर्ण संस्थागत तथा व्यक्तिगत लगानिकर्ताहरूलाई हार्दिक आभार प्रकट गरेको छ।

प्रकाशित: १० वैशाख २०८० ०२:११ आइतबार

महालक्ष्मी विकास बैंक ‘११ प्रतिशत महालक्ष्मी डिवेन्चर –२०८९’