अर्थ

आज देखि थाई खाना महोत्सव शुरु

काठमाडौको सोल्टी होटलमा आज देखि थाई खाना महोत्सव शुरु भएको छ।  

होटल सोल्टीमा अप्रिल २१ देखि ३० अप्रिलसम्म हुने खाना महोत्सवमा  थाइल्यान्डको सुगन्धित र विविध परिकारहरू  राखिएको आयोजकले जनाएका छन्।

थाई खाना महोत्सवमा विहान र बेलुकाको खानाको परिकारहरु राखिएका छन्।विहानको  खाना अपरान्ह १२: ३० देखि दिउँसो ३ बजे सम्म चल्नेछ । विहानको खानाका लागि प्रतिव्यक्ति १८०० रुपैया तिर्नु पर्ने छ।त्यसैगरी बेलुकाको खाना  बेलुका ७ बजे देखि राती  १० :४५ बजे सम्म हुनेछ।बेलुकाको खाना लागि परिकार अनुसार रकम तिर्नु पर्नेछ।

प्रकाशित: ८ वैशाख २०८० १२:४४ शुक्रबार

होटल सोल्टी थाई खाना महोत्सव थाइल्यान्ड