सरकारले स्वदेशी उत्पादन वृद्धि गरेर आयात प्रतिस्थापन गर्ने बताउँदै आए पनि दैनिक पौने पाँच अर्ब रूपैयाँको वस्तु विदेशबाट आयात भैरहेको छ। भन्सार विभागका अनुसार चैत महिना (३० दिनमा) १ खर्ब ४३ अर्ब १२ करोड रूपैयाँ बराबरको वस्तु आयात भएको छ। यसरी हेर्दा दैनिक ४ अर्ब ७६ करोड रूपैयाँको वस्तु आयात भएको देखिन्छ।
विदेशी मुद्राको सञ्चितिमा दबाब परेको कारण नेपाल राष्ट्र बैंकको कडाइले आयात घटेको थियो। चालु आर्थिक वर्षको मंसिरबाट आयात प्रतिबन्ध फुकुवा गरेपछि आयात क्रमशः बढदै गएको छ। चैतमा यो वर्षको अहिलेसम्मकै उच्च आयात भएको छ।
सरकारले स्वदेशी उत्पादन वृद्धि गरेर आयात प्रतिस्थापन गर्ने बताउँदै आए पनि दैनिक पौने पाँच अर्ब रूपैयाँको वस्तु विदेशबाट आयात भैरहेको छ।
विदेशी मुद्रा सञ्चितिमा चाप परेपछि सरकारले बिलासी गाडी, महँगा मोटरसाइकल तथा स्कुटर, स्मार्टफोन, मदिरा लगायतका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो। यसले आयातमा कमी देखाएको थियो। यी वस्तुको आयात खुला गरेपछि आयात पनि क्रमशः बढ्दै गएको छ।
आयातमा आधारित अर्थतन्त्र भएकाले आयात घट्दा राजस्वमा प्रभाव परेको थियो। राजस्व संकलन कम हुँदा चालु खर्चसमेत नधानेपछि सरकार दबाबमा परेको छ। आयात क्रमशः बढ्दै गएपछि आयातमा आधारित राजस्व बढ्दै गएको छ।
आयातमा आधारित अर्थतन्त्र भएकाले आयात घट्दा राजस्वमा प्रभाव परेको थियो।
पोहोरको तुलनामा भने आयात बढेको छैन। पोहोरको तुलनामा आयात १८ प्रतिशतले कमी छ भने निर्यात २६.३४ प्रतिशतले कमी छ। मुलुकको व्यापार घाटा पनि पोहोरको तुलनामा घटेको छ। आयात र निर्यात दुवै कम भएकाले व्यापार घाटा कम भएको हो।
पोहोरको चैतसम्म १३ खर्ब ६ अर्ब व्यापार घाटा रहेकोमा चालु आवको सोही अवधिमा १० खर्ब ८३ अर्ब व्यापार घाटा रहेको छ। यसरी हेर्दा पोहोर भन्दा व्यापार घाटा २ खर्ब २३ अर्बले कमी आएको छ।
नौ महिनाको अवधिमा यो वर्ष १२ खर्ब १ अर्ब रूपैयाँको वस्तु तथा सेवा आयात भएको छ। पोहोर सोही अवधिमा १४ खर्ब ६६ अर्ब रूपैयाँका वस्तु आयात भएका थिए। पोहोरको तुलनामा निर्यात पनि घटेको छ। चालु आव १ खर्ब १८ अर्ब २७ करोड रूपैयाँको मात्र वस्तु निर्यात भएको छ।
पोहोरको तुलनामा भने आयात बढेको छैन। पोहोरको तुलनामा आयात १८ प्रतिशतले कमी छ भने निर्यात २६.३४ प्रतिशतले कमी छ।
गत आवमा सोही अवधिमा १ खर्ब ६० अर्ब रूपैयाँको वस्तु निर्यात भएको थियो। कुल वैदेशिक व्यापारको हिस्सा पनि १८.८९ प्रतिशतले घटेको छ। नौ महिनाको अवधिमा वैदेशिक व्यापार १३ खर्ब १९ अर्ब रूपैयाँ रहेको छ। गत आवको सोही अवधिमा १६ खर्ब २७ अर्ब वैदेशिक व्यापार थियो।
चालु आवको मंसिरमा १ खर्ब ३१ अर्ब रूपैयाँ, पुसमा १ खर्ब २९ अर्ब रूपैयाँ, माघमा १ खर्ब २६ अर्ब रूपैयाँ र फागुनमा १ खर्ब ३९ अर्ब रूपैयाँका वस्तु आयात भएको छ। चालु आवको पहिलो महिना १ खर्ब ३१ अर्ब, भदौमा १ खर्ब ४२ अर्ब, असोजमा १ खर्ब २७ अर्ब, कात्तिकमा १ खर्ब ३२ अर्बको वस्तु आयात भएको भन्सार विभागले जनाएको छ।
सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ। त्यसैगरी, स्टिल र आइरनको आयात पनि उच्च छ। मुलुकको अर्थतन्त्रमा देखिएको समस्याले माग र आपूर्ति चक्र प्रभावित भएकाले माग अझै बढ्न सकेको छैन। आयात घट्नुलाई राम्रो मानिए पनि बर्सेनि बढ्दै गएको निर्यात पनि घटेको छ।
चालु आवको मंसिरमा १ खर्ब ३१ अर्ब रूपैयाँ, पुसमा १ खर्ब २९ अर्ब रूपैयाँ, माघमा १ खर्ब २६ अर्ब रूपैयाँ र फागुनमा १ खर्ब ३९ अर्ब रूपैयाँका वस्तु आयात भएको छ।
आयात घट्नु अर्थतन्त्रका लागि सकारात्मक मानिए पनि निर्यात घट्नुलाई भने राम्रो मानिँदैन। औद्योगिक प्रयोजनका लागि आयात हुने कच्चा पदार्थ घट्नु अर्थतन्त्रका लागि सकरात्मक संकेत होइन।
सरकारले निर्यातलाई प्रोत्साहन गर्ने नीति लिए पनि परिणाम देखिएको छैन। उच्च निर्यात सम्भावना भएका क्लिंकर, सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानी, सूचना प्रविधिमा आधारित सेवाहरूको निर्यातमा अनुदान दिने गरी सरकारले कार्यविधि तयार गरे पनि अपेक्षित रूपमा निर्यात बढ्न सकेको छैन।
निर्यात अनुदान पाउने वस्तुमा तामा, फलाम, ढलोट र सिसा कच्चा पदार्थ प्रयोग हुने तथा काष्ठकलाका वस्तु, प्रशोधित तथा अप्रशोधित जडीबुटी (यार्सागुम्बा समेत) रहेका छन्।
त्यसैगरी, तेल, प्रशोधित तथा अप्रशोधित बेसार, ताजा तरकारी तथा पुष्प (परिवर्त्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा) रहेका छन्।
प्रकाशित: ७ वैशाख २०८० ०४:०३ बिहीबार