अर्थ

महिन्द्राको एक्सयुभी ३०० ब्रान्डको नयाँ भेरियन्ट बजारमा

महिन्द्राले आफ्नो एक्सयुभी ३०० ब्रान्डको नयाँ भेरियन्ट बजारमा भित्र्याएको छ। कम्पनीले उक्त भेरियन्टको मूल्य ४२.९५ लाखदेखि सुरु हुने गरी बजारमा भित्र्याएको हो।

गाडी सुरक्षालाई उच्च प्राथमिकतामा राखेर डिजाइन गरिएको उल्लेख गर्दै कम्पनीले यसलाई नेपालको सबैभन्दा सुरक्षित सवारी साधनहरूमध्ये एक बनाइएको दाबी गरेको छ।

डुअल फ्रन्ट एयरब्यागहरू, इडिबी हितको एबिएस, रिभर्स पार्किङ सेन्सरहरू र अन्य धेरै सुरक्षा सुविधाहरू भएका कारण प्रत्येक यात्रामा यात्रुहरूको सुरक्षा सुनिश्चित गर्ने कम्पनीले बताएको छ।

यसका साथै यसमा ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, स्टेयरिङ माउन्टेड कन्ट्रोल र पुस बटन स्टार्ट/स्टप जस्ता उन्नत प्र विधियुक्त सुविधाहरू पनि रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: ७ वैशाख २०८० ०३:२६ बिहीबार

एक्सयुभी ३०० ब्रान्ड गाडी सुरक्षालाई उच्च प्राथमिकता डुअल फ्रन्ट एयरब्याग