अर्थ

रोकिएको मन्दिर पुनर्निर्माण अघि बढेन

क्रंकिटको प्रयोग गरेर पिलर हालेपछि रोक लगाएको बालगोपालेश्वर मन्दिर। तस्बिरः खिलक बुढाथाेकी

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्प दिवस अवसर पारेर अघिल्लो वर्ष माघ २ गते पुनर्निर्माण उद्घाटन गरेको रानीपोखरीबीचको बालगोपालेश्वर महादेव मन्दिरको पुनर्निर्माण कार्य अझै अघि बढ्न सकेको छैन ।

अघिल्लो वर्षको भूकम्पले क्षति पुगेका संरचना तथा सम्पदा पुनर्निर्माण थाल्न सरकारले राष्ट्रिय पुनर्निर्माण महाअभियान थालेको थियो । महाअभियान उद्घाटन  क्रममा राष्ट्रपति भण्डारीले उक्त मन्दिरको उद्घाटन गरेकी थिइन् । मन्दिर पुनर्निर्माणको जिम्मा काठमाडौं महानगरपालिकाले लिएको थियो ।

बालगोपालेश्वर मन्दिरलाई एक वर्षअघि राष्ट्रपति भण्डारीले पुनर्निर्माणका लागि उद्घाट्न गरेकी थिइन्

महानगरपालिकाले पुनर्निर्माण गर्दा पुरातŒव विभागको मापदण्डविपरीत मन्दिरमा क्रंकिट (रड, सिमेन्ट, इँटा) को प्रयोग गरेपछि स्थानीयले विरोध जनाए । विरोधसँगै विभागले असोजमा मन्दिर पुनर्निर्माणमा रोक लगाएको थियो । कात्तिकको पहिलो साता विभाग, महानगरपालिका, पुनर्निर्माण प्राधिकरणबीच भएको संयुक्त छलफलपछि मन्दिर पुनर्निर्माण विभागले नै गर्ने निर्णय गरिएको थियो । त्यस्तै, महानगरपालिकाले मन्दिर पुनर्निर्माणमा आवश्यक बजेट विभागलाई उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो ।

‘विभागलाई मन्दिरका लागि आवश्यक बजेट दिन्छौँ भनेका हौँ,’ महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, ‘विभागले नै चासो देखाएको छैन । महानगरले उपलब्ध गराउने बजेट लिन किन नचाहेको हो केही जानकारी छैन ।’

यता, विभाग महानिर्देशक भेषनारायण दाहाल महानगरले मन्दिर पुनर्निर्माणमा दिने भनेको बजेट नदिएको बताए । ‘मुखले हामी दिन्छौँ भनेर मात्रै हुन्छ र ?’ महानिर्देशक दाहालले भने, ‘महानगरले त्यसबेला दिन भनेर बोल्यो तर अहिलेसम्म मन्दिर बनाउन बजेट उपलब्ध गराएको छैन ।’ दाहालका अनुसार महानगरले दिने भनेको बजेट नदिएपछि प्राधिकरणमार्फत बजेट ल्याएर पुनर्निर्माण थाल्न लागेको जनाए । प्राधिकरणबाट बजेट आउन ढिलाइ भएकाले पुनर्निर्माण कार्य अघि बढाउन पनि ढिलाइ भएको विभागको भनाइ छ ।

‘हामीले प्राधिकरणमार्फत बजेट मगाएर मन्दिर पुनर्निर्माण कार्य अगाडि बढाउन लागेका छौँ,’ दाहालले भने, ‘प्राधिकरणले एक करोड बजेट पनि उपलब्ध गराइसकेको छ । अबको १५ दिनभित्र मन्दिर पुनर्निर्माणका लागि टेन्डरमा आह्वान गर्नेछौँ ।’ मन्दिर पुनर्निर्माणमा डिजाइन अनुसार एक करोड ६० लाख रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ ।

विभागको मापदण्डअनुसार ऐतिहासिक महŒवका सम्पदा पुनर्निर्माण गर्दा आधुनिक निर्माण सामग्री हाल्न पाइँदैन । महानगरले मन्दिर पुनर्निर्माण कार्यमा हालेका आरसिसी पिलर भने भत्काएर आफ्नै मापदण्डमा बनाउने विभागले जनायो । मापदण्डमा चुन, सुर्ती लगायत पुुरातŒव सामग्री प्रयोग गर्नुपर्ने उल्लेख छ ।

रानीपाखरीको पुनर्निर्माण भने महानगरपालिकाले गरिरहेको छ । महानगरले रानीपोखरीलाई पर्यटकीय स्थल बनाउने गरी पुनर्निर्माण गरिरहेको हो ।

भाइटीकाको दिन मात्रै प्रवेश अनुमति दिइने मन्दिरलाई सधैँ खुला राख्ने महानगरपालिकाको योजना छ । सम्पदाविद्ले भने मन्दिरलाई सधैँ खुलाउन नहुने बताउँदै आएका छन् । ‘विशेष दिन खुलाइयो भने त्यसको महŒव छुट्टै हुन्छ,’ सम्पदा विज्ञ तथा विभाग पूर्वमहानिर्देशक विष्णु कार्कीले भने, ‘सधैँ खुलाउने भएपछि मन्दिरको महŒव घट्छ तसर्थ बालगोपालेश्वर मन्दिरको सधैँका लागि खुला गरिनु हुँदैन ।’ ऐतिहासिक महŒवका सम्पदालाई स्वार्थका लागि महŒव नाश गर्न नहुने कार्कीको भनाइ छ ।

चार सय वर्ष पुरानो ऐतिहासिक महŒव बोकेको रानीपोखरी प्रताप मल्लले कान्छा छोरा चक्रवर्ती मल्लको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन निर्माण गराएको इतिहासमा उल्लेख छ । दुई वर्ष लगाएर १७२७ सालमा मन्दिर बनाइएको थियो ।

 

 

 

प्रकाशित: ३ माघ २०७३ ०४:०३ सोमबार

रोकिएको मन्दिर पुनर्निर्माण अघि बढेन