अर्थ

‘ओप्पो’टप ग्लोबल ब्राण्ड घोषित

काठमाडौं- ईन्टरनेशनल डाटा ग्रुप (आईडीजी) आयोजित लास भेगास एनुअल कन्जुमर ईलेक्ट्रोनिक्स शो (सीईएस) अन्तर्गतको एक समारोहमा ओप्पोलाई दूई ओटा उपाधीद्वारा सम्मानित गरिएको छ। आईडीजी भेन्चर्स अमेरिकाका प्रबन्ध निर्देशक प्याट्रिक किनेलीद्वारा जारी गरिएको विज्ञप्ति अनुसार ओप्पोलाई सन् २०१६–१७का लागि ग्लोबल टप स्मार्ट फोन्स ब्राण्ड उपाधीद्वारा सम्मानित गरिएको हो। साथै, ब्राण्डलाई २०१६–१७ ग्लोबल टप स्मार्ट कनेक्टेड डिभाइसेज ब्राण्ड उपाधीपनि प्रदान गरिएको छ।

केनेलीद्वारा जारी विज्ञप्तिमा सन् २०१६मा ओप्पो लगायत अन्य स्मार्टफोन ब्राण्डहरुको बढ्दो सफलता, प्राविधिक अग्रता र तिनको वैश्विक विस्तारको विशेष सराहना गरिएको छ। साथै, अवार्डमा सम्मानितको छनोट प्रविधि, डिजाइन, अन्तरक्रिया तथा प्रयोगकर्ताको अनुभवलाई आधार मानेर गरिएको जानकारी दिइएको छ।

प्रकाशित: २६ पुस २०७३ १२:१८ मंगलबार

ओप्पोटप ग्लोबल ब्राण्ड