अर्थ

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा चन्द्रप्रसाद ढकाल

फाइल तस्बिर

नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा  चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्।

महासङ्घको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार आजसम्पन्न ५७औँ साधारणसभामार्फत महासङ्घको २०औँ अध्यक्षमा उनी निर्वाचित भएका हुन्।

अध्यक्ष शेखर गोल्छामार्फत् पद तथा गोपनीयताको शपथ लिएर उनले महासङ्घको अध्यक्षको जिम्मेवारीको यात्रा सुरु गरेका हुन्। सपथपछि उनले आफूले लामो समयदेखि सर्वसम्मतीको प्रयास जारी राखेको र अन्तिममा सफल भएको बताए।

उनले यसका लागि उमेशलाल श्रेष्ठका साथै पूर्वअध्यक्षहरुको ठूलो भूमिका रहेको भन्दै अध्यक्षका रुपमा महासङ्घको छवीलाई आगामी दिनमा अझ उँचो बनाउनेमा विश्वास व्यक्त गरे।

प्रकाशित: ३० चैत्र २०७९ १३:१२ बिहीबार

चन्द्रप्रसाद ढकाल