अर्थ

महासंघको एसोसिएट उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ विजयी

नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ विजयी बन्नुभएको छ।वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र संघाई प्यानलकी उनी  एसोसिएट तर्फको उपाध्यक्षमा निर्वाचित भएकी हुन।

उनले वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्यानलका साझा उम्मेदवार भरतराज आचार्यलाई पराजित गरेकी हुन।श्रेष्ठले ८ सय ४६ मत ल्याइन् भने प्रतिस्पर्धी आचार्यले ७ सय ८१ मत मात्र प्राप्त गरेका थिए।  

विजयी भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले महिला नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा आइपुग्नु आफैँमा खुशीको कुरा भएको बताइन। उनले जित्न कठिन भएपनि जित्छु भन्ने आत्मविश्वास आफूमा रहेको र सधैँ सत्यको जित हुने दाबी गरिन । उनले आफूलाई आगामी दिनमा काम गर्न कुनै कठिनाइ नरहेको र टिमलाई समेटेर व्यवसायीहरुको समस्याको समाधान गर्ने प्रतिवद्धता जनाइन।  

एसोसिएट उपाध्यक्ष श्रेष्ठले चुनावको बेलामा मात्रै प्यानल भएको तर चुनाव सकिएपछि सबै एक भएर काम गर्ने बताइन। उनले आफूलाई विश्वास गरेर जिताएकोमा धन्यवाद दिँदै विश्वास टुट्न नदिने प्रतिवद्धता जनाइन। यसैगरी नेपाल उद्योग बाणिज्य महासंघको बस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन।  जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी भएका छन।  

प्रकाशित: ३० चैत्र २०७९ ०३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App