अर्थ

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थालाई सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरूले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मन्दिर, विद्याश्रम तथा अनाथालयलाई सहयोगका गरेका छन्।

बैंकको टीकापुर शाखाद्वारा टीकापुर नगरपालिका १ कैलालीमा अवस्थित जालवा देवी सेवा समितिलाई आठ थान सिसी क्यामरा हस्तान्तरण गरिएको छ। मन्दिर परिसरभित्र रहेका सभागृह, मन्दिर आदिमा सम्भावित चोरी, निकासी तथा अन्य सुरक्षामा सहयोग पुर्‍याउने उद्देश्यले बैकले उक्त सहयोग प्रदान गरेको जनाएको छ।

त्यसैगरी बैंकको महेन्द्रनगर शाखाले समाज कल्याण अञ्चल बालअनाथालयलाई खाद्यान्न, झोला, खेलकुद सामग्री तथा अन्य आवश्यक सामग्री हस्तान्तरण गरेको छ। अनाथालयमा रहेका २६ बालबालिकाको आधारभूत आवश्यकता परिपूर्ति गर्न बैंकले अनाथालयलाई उक्त सहयोग गरेको जनाएको छ। यससँगै बैकको डडेलधुरा शाखाले अमरगढी नगरपालिका वडा ८ मा अवस्थित उग्रतारा वेद विद्याश्रमका लागि आवश्यक खाद्यान्न हस्तान्तरण गरेको छ। 

प्रकाशित: ३० चैत्र २०७९ ०२:४७ बिहीबार

महालक्ष्मी विकास बैंक लिमिटेड संस्थागत सामाजिक उत्तरदायित्व